
नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्तिका कारण स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुचारु भएको छ ।
एमाले सांसद राईले सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन भन्ने अभिव्यक्ति दिएपछि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा तनाव भएको थियो ।
दोस्रो पटक समय पाएका राजेन्द्र राईले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै ५ वर्ष सभामुख चलाउन नसक्ने टिप्पणी गरेका थिए ।
त्यसपछि सभामुखले प्रतिनिधिसभा बैठक स्थगित गरेका थिए । राजेन्द्र राईका अभिव्यक्ति हटाउन सहमतिपछि बैठक सुचारु भएको हो ।
दोस्रो बैठकमा पनि शुरूमा एमाले सांसद राईले समय पाए । उनले आफ्नो आशय सभामुखलाई अपमान गर्ने नभएको बताए ।