०३ साउन २०८३, आइतबार

कैलालीमा बलात्कार आरोपमा एक जना पक्राउ

साउन २, २०८३
कैलाली
कैलालीमा बलात्कार आरोपमा एक जना पक्राउ

कैलालीमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भजनी नगरपालिका- ७ हिक्मतपुर बस्ने २८ वर्षीय सुनिल डगौरा छन् । उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्