०८ साउन २०८३, शुक्रबार

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना शिक्षक पक्राउ

साउन ४, २०८३
काठमाडौं
विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना शिक्षक पक्राउ

मोरङको सुन्दरहरैँचामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका १० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा नगरपालिका २ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा नगरपालिका १२ का ३५ वर्षीया अविरल मास्के रहेका छन् ।​

सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० खोसनिमा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षकहरूले दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शन गर्ने भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा उनीहरूको संलग्नता देखिएपछि आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

घटनामा संलग्न रहेको पाइएमा अन्य व्यक्तिलाई पनि कानूनी दायरामा ल्याउने भन्दै प्रहरीले सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न आग्रह गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्