मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पुस १६, २०७९
कृषि प्रधान देशको चिनारी बोकेको नेपाल केही वर्षयता कृषि उत्पादनका साम्रगी बाहिरबाटं आयात गर्न बाध्य छ । देशमा भएका दक्ष र शिक्षित युवा पुस्ता वैदेशिक रोजगारका लागि पलायन हुने सिलसिला पनि रोकिएको छैन ।
देशको मेरुदण्डको रूपमा हेरिँदै आएको युवा पुस्ताको बढ्दो विदेश पलायनले एकातर्फ राज्यले युवा जनशक्ति गुमाइरहेको छ भने अर्कोतर्फ कृषि क्षेत्रको उत्पादनमा पनि ह्रास व्यहोर्न बाध्य छ ।
यस्तै अवस्थाबीच हेटौंडाका कोइराला दाजुभाइले भने जन्मथलोमै बसेर कृषि क्षेत्रबाटै पनि केही गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् ।
मकवानपुरमा २०६९ जेठमा सिर्जन कोइराला र निराजन कोइराला २ दाजुभाइ मिलेर स्थापना गरेको गायत्री डेरी उद्योगमार्फत समाजमा उत्प्रेरणा मात्र जगाइरहेका छैनन्, प्रत्यक्ष रूपमै ७० जनालाई रोजगारी दिएका छन् । फूड टेक्नोलोजी अध्ययन गरेका दाइ सिर्जन कोइराला २०६९ सालअघि हेटौंडा डेरी उद्योगमा फूड टेक्नोलोजिस्टको रूपमा कार्यरत थिए, भाइ निराजन कोइराला डेरी टेक्नोलोजिस्ट हुन् । सिर्जनले हेटौंडा डेरी उद्योगमा २ वर्षसम्म काम गरे भने पछि टेक्नोलोजिस्टकै रूपमा २०६६ सालतिर पश्चिम अफ्रिकातिर गए । ३ वर्ष उतै बसेका उनी स्वदेश फर्किंदा भने पुनः उतै जाने गरी ‘रिटर्न टिकट’ लिएर आएका थिए । विदेशमा रहँदा डेरी उत्पादन सम्बन्धी देखेर आएका उनी नेपाल झरेपछि यतै रोकिए ।
स्वदेशमै डेरी उत्पादनको सम्भावना खोज्दै ८–१० लाख रुपैयाँ लगानी गरी २ दाजुभाइले मिलेर मकवानपुरको भिमफेदी गाउँपालिकास्थित भैसेमा सामान्य २ कोठा लिएर सानो डी–फ्रीज र सानो मशिन औजारहरू राखेर ट्रायलको रूपमा उद्योग नै सञ्चालन गरे । शुरूआती चरणमा स्थानीय दुग्ध सहकारी, कृषकहरूमार्फत दूध संकलन गरी दूध, दही, घ्यु, चिज उत्पादन गर्न लागे तापनि उनीहरूको पहिलो प्रयास सफल हुन सकेन ।
विशेषगरी छुर्पी उत्पादनका लागि चिसो ठाउँ आवश्यक पर्ने भएकाले मकवानपुरको भैसेस्थित किटनीको डाँडामा सञ्चालन गर्न लागिएको थियो तर त्यहाँ भौगोलिक समस्याले गर्दा दूध लैजान र उत्पादन साम्रगी हेटौंडा ल्याउन समस्या हुन पुगेको सिर्जनले बताए । त्यसलगत्तै छुर्पी बनाउन आवश्यक चिसो बनाउने उपकरण जडान गरी हेटौंडा उपमहानगरपालिका–२ मनकामना रोडमा रहेको आफ्नै निवासबाट उद्योग सञ्चालन गरिएको उनले बताए ।
‘हेटौंडा ल्याइसकेपछि पनि हामीले पहिले दूध, दही, घ्युको मात्र उत्पादन गर्थ्यौं,’ उनले भने । हेटौंडा बजार निकै साँघुरो थियो तर पनि प्रतिस्पर्धा धेरै थियो । हेटौंडाको बजार सानो भए पनि यहाँ ९ वटा डेरी उद्योग थिए । ‘निकै प्रतिस्पर्धात्मक बजार भएका कारण त्यो समयमा हामीले दूध, दही, घ्युको अलावा छुर्पी पनि उत्पादन गर्ने सोच राख्यौं । त्यसलगत्तै उद्योगमा छुर्पी बनाउन आवश्यक पर्ने चिसो बनाइराख्ने उपकरणहरू जडान गर्यौं र उत्पादन भयो ।’
यसबीच २ दाजुभाइले हेटौंडामा रहेका अन्य डेरी उद्योगलाई पूर्वी इलाम लगायत अन्य जिल्लाबाट क्रिम ल्याएर आफ्नो उद्योगबाट प्रशोधन गरी बटर बनाएर ठूलो परिमाणमा बिक्रीवितरण समेत गरेको अनुभव सुनाए । बटर बनाउँदा कुनै समय बटर बनाउन आवश्यक क्रिम कहिले धेरै मात्रामा आउने भयो, कहिले आउँदै नआउने भएपछि के रहेछ भनेर फिल्ड भिजटमा इलाम पुग्दा त्यहाँ ठूलो परिमाणमा छुर्पी उत्पादन हुने र निकै ठूलो परिमाणमा बाहिर निर्यात हुने गरेको थाहा भएको उनले बताए ।
‘हामीले इलाममा सानो–सानो परिमाणमा घरमा कतै सानो घरेलु उद्योग खोलेर छुर्पी उत्पादन गरेको देख्यौं,’ उनले भने, ‘इलाम, पाँचथर लगायत जिल्लामा किसानहरूले घरमै १ क्यान दूध, आधा क्यान दूध राखेर घरमा छुर्र्पी उत्पादन भएको देखिसकेपछि हामीले ती छरिएर रहेका साना–साना परिमाणमा उत्पादन भएका छुर्पीलाई संकलन वा एकीकृत गरी आफ्नो उद्योगसँग जोड्न सक्छौं कि सक्दैनौं भनी सोच्यौं । त्यसपछि धेरै रिसर्च र हेटौंडामा आरएनडी गर्यौं ।’
शुरूआती चरणमा धेरै जोखिम मोलेर अहिले ‘सेफल्यान्डिङ’ गराउन सफल भएको सिर्जनले बताए । उनका अनुसार अहिले हेटौंडा–२ मनकामना रोडमा रहेको .उद्योगबाट प्रशोधन हुन्छ भने हेटौंडा–८ कमानेमा रहेको उद्योगबाट ड्राइङ्ग हुने गरेको छ । त्यहाँ प्रोसेसिङ र फिनिसिङ लगायतको काम हुन्छ र युरोपियन देशहरू, एसियाकै कतिपय देश र अमेरिकासम्म मकवानपुरको छुर्पी निर्यात हुने गरेको उनले बताए । क्यानडा, यूके, अमेरिका, एसियन देशहरू, जापान, कोरियासम्म नेपाली उद्योगबाट उत्पादित छुर्पी निर्यात हुने गरेको छ ।
२०६९ सालबाट सानो लगानीमा परीक्षणको रूपमा सञ्चालनमा आएको उद्योगले अहिलेसम्म आउँदा छुर्पीमा राम्रो बजार बनाइसकेको छ । उनले उत्पादित छुर्पीको ५० प्रतिशत बिक्री काठमाडौं र बाँकी ४० प्रतिशत बिक्री भारत हुँदै विदेश जाने गरेको बताए । अहिले उद्योग आफैंले दैनिक ८–१० हजार लिटर दूधबाट छुर्पी उत्पादन गर्ने गरेको छ ।
‘देशका विभिन्न २२ वटा जिल्लामा दूध उत्पादन हुने क्षेत्रहरूमा तालिम दिएर दूध फल्स (मिल्क होलिडे) हुने समयमा दूध खेर फाल्नु पर्दैन है भन्दै छुर्पी बनाउनुस्, हामी लिन्छौं भनेर सहमति गरेका छौं,’ उनले भने, ‘विभिन्न दुग्ध सहकारीहरूसँग पनि सहकार्य गरेका छौं । अहिले दैनिक रूपमा उद्योगबाट १ हजारदेखि १५ सय किलोसम्म छुर्पी उत्पादन भइरहेको छ ।’ १० लाखबाट शुरू भएको उद्योगको कूल पुँजी अहिले लगभग ७/८ करोड पुगेको सिर्जनले बताए ।
उद्योगबाट हाल छुर्पीबाहेक दूध, दही, घ्यू, पनिर, चिज पनि उत्पादन हुने भए तापनि विश्वव्यापी कोरोना संक्रमणले डेरी उद्योगलाई चुनौती थपेको निराजनले बताए । निराजन भन्छन्, ‘विश्वव्यापी कोराना संक्रमणको असर नेपालमा पनि नराम्ररी पर्यो । किसानहरूले गाईवस्तुलाई दानापानी गर्न धेरै गाह्रो भयो । निरन्तर लामो समय लकडाउन हुँदा किसानहरूले बजार पाएनन् । हामीसँग नजिक रहेका पहुँचमा रहेकाहरूसँग हामीले दूध त लियौं तर हाम्रो पहुँचबाहिर भएका किसानहरू भने विस्थापित भए ।’
कोरोना महामारीअघि र पछिको स्थिति हेर्ने हो भने लगभग ५० प्रतिशत दूधको उत्पादन घटेको उनले बताए । उनले भने, ‘पछिल्लो समय दूधको समस्या धेरै छ । दूध उत्पादक किसानहरूलाई राज्यले पनि खासै आकर्षण गर्न सकेको जस्तो लाग्दैन । दूधको समस्या समाधान गर्न पाउडर उत्पादन गर्ने कम्पनीहरू भए तापनि सबैलाई समेट्न सकिरहेका छैनन् । विशेषगरी नेपालमा जाडो समयमा दूधको उत्पादन धेरै हुन्छ भने गर्मीयाममा कम उत्पादन हुन्छ । धेरै उत्पादन हुने समयमा पाउडर प्लानहरूले दूधलाई पाउडर बनाएर पाउडरबाट उत्पादन साम्रगी बनाउने उद्योगलाई दिए तापनि हाम्रो जस्तो दूध नै आवश्यक पर्ने उद्योगलाई भने समस्या छ । सिजनल रूपमा हुने दूधको अभावलाई रोक्न कि दूधको उत्पादनमा वृद्धि गर्नुपर्छ कि बहिरबाट ल्याउने वातावरण सरकारले बनाउनुपर्छ ।’
सरकारको नीतिगत समस्याले गर्दा अहिले पाउडर र दूध दुवै बाहिरबाट नआएको उनले बताए । उनी भन्छन्, ‘पाउडर मात्र दूधको समाधान होइन ।’ दूध नै आवश्यक पर्ने उद्योगलाई दूधकै अभाव हुँदा समस्या भोग्नुपरेको उनले बताए । उनले भने, ‘दूध उत्पादन भए त ठीकै हो तर आवश्यकता अनुरूपको दूध उत्पादन नबढेसम्म सरकारले पनि यस विषयमा सोच्नुपर्छ ।’
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...