२५ जेठ २०८३, सोमबार
परिकार

मजलिसमा मटन मन्डीको मज्जा

पुस २३, २०७९
मजलिसमा मटन मन्डीको मज्जा

मजलिसमा बसेर खाना खाने चलन खाडी देशहरूको एक विशेषता नै हो, त्यसमा पनि साउदी अरेबियामा त यसको ठूलो महत्त्व छ । मजलिस भन्नाले एक किसिमको सिट डाउन डाइनिङ हो, जुन मुस्लिम समुदायमा ब्यापक लोकप्रिय छ । 

परिवारसँगै बसेर पलेटी कसेर लाइनमा बसी परिकारको मज्जा लिने तरिका नै अरबियन देशमा मजलिस भनेर चिनिन्छ ।

शुद्ध नेपालीमा भन्ने हो भने मजलिस भनेको पलेटी रेस्टुरेन्टको कन्सेप हो । यो कन्सेप्ट अरबियन परम्परामा पनि निकै लोकप्रिय छ र उनीहरूको आफ्नै थिममा आफ्नै लोकप्रिय परिकारहरू सर्भ गर्ने चलन छ । अरबियन परिकारहरूमा मन्डी निकै प्रसिद्ध छ, जुन चामलमा भेडाको मासु हालेर पकाइन्छ र यो परिकार साउदी अरबियामा निकै प्रसिद्ध छ ।

नेपालको प्रमुख शहरहरूमा मुस्लिम खाना सर्भ गर्ने रेस्टुरेन्टहरू धमाधम खुल्न थालेका छन् । काठमाडौंको झम्सिखेल, दरबार मार्ग, ठमेल र नक्सालमा अरबियन रेस्टुरेन्ट खुलेका छन् र भ्याली बाहिर पनि धेरै छन् । अरबियन देशहरू प्रायः सबै मुस्लिम समुदायको हुने र यिनिहरू मासुका परिकारका निकै पारखी हुन्छन् । यो समुदायमा शाकाहारी भेट्न अलि गाह्रै हुन्छ ।

मुस्लिम समुदायले जुनसुकै किसिमले काटमार गरेको मासु खाँदैनन् । ‘हलाल’ गरी काटेको मासु मात्र खाने हुँदा हरेक पशुपन्छी हलाल गरेको छ भने मात्र सेवन गर्छन् । घोस्ट अर्थात् भेडा, खसी यिनिहरूको प्रमुख परिकारमा आउँछ र मन्डी भन्ने परिकार पनि यिनीहरूको प्रसिद्ध मानिन्छ, जुन साउदीमा निकै मन पराइन्छ ।

कसरी बन्छ मन्डी ?

यमनको हदरामुद शहरबाट यो परिकारको उत्पत्ति भए तापनि पछिल्लो समय साउदी अरेबिया र अन्य खाडी देशहरूमा मन्डी चिकनको पनि बनाउन थालिएको छ । मन्डीलाई बर्कस लाहाम भनेर पनि चिनिन्छ ।

मटन मन्डी बनाउन चाहिने सामग्री :

भेडा या खसीको मासु २ किलोग्राम, मिक्स होल गरम मसला १५ ग्राम, लसुन ३० ग्राम, अदुवा २० ग्राम, बेसार या केसर आधा चम्चा, प्याज ६० ग्राम, धनियाँ १ मुठा, पार्सी आधा मुठा, पुदिना १ मुठा, हरियो खुर्सानी ५ पिस, गोल्भेडा ४ पिस, टोम्याटो पिउरी २ कप, मन्डी मसला २ चम्चा, ड्राइलेमन ४ पिस, लेमन पाउड आधा चम्चा, नून स्वाद अनुसार, बासमती चामल २ किलो, पानी आवश्यकताअनुसार ।

मटन मन्डी बनाउने विधि :

२ किलोग्राम मटनलाई २ पिस या ठूलो–ठूलो साइजमा ४ पिस गरी राम्ररी सफा गरेर देक्ची या कसौडीमा हाली पानी खन्याउने । सम्पूर्ण मसला हाली २–३ घण्टा उमालेर मज्जाले पाक्न थालेपछि निकाल्ने र एकसाइडमा राख्ने । पानीलाई छानेर एक बाउलमा जम्मा गर्ने । अर्को डेक्चीमा बटर हालेर पगाल्ने र मसिनो काटेको प्याज फुराउने ।

केही टोम्याटो पिउरी, मन्डी मसला, ड्राइलेमन हाली पुनः उम्लन दिने । पखालेर राखेको चामल हालेर राम्ररी पाक्न दिने । पाकेको मटनलाई हल्का मेरिनेसन गरेर ओभन या ग्रीलमा डाम्ने । पाकेको चामलको माथि डामेको मटन हाली फुराएको किसमिस र प्याज गार्निस गरी अरबियन स्टायलको काँचो टोम्याटो र हरियो खुर्सानीको चट्नीसँग सर्भ गर्ने ।

salt training

कमेन्ट गर्नुहोस्