२६ असार २०८३, शुक्रबार

चलचित्र निर्देशक अरुण कुमार झाको निधन

चलचित्र निर्देशक अरुण कुमार झाको निधन

पुराना चलचित्र लेखक एवं निर्देशक अरुण कुमार झाको ७२ वर्षको उमेरमा निधन भएको छ । झाको हृदयघातमा कारण आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको उनका समकालीन अभिनेता मदनदास श्रेष्ठले जानकारी दिए । 

‘सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएनी’ जस्ता नेपाली चलचित्रका निर्देशक उनी पछिल्ला वर्ष भने चलचित्र क्षेत्रबाट टाढा थिए ।

लामो समयदेखि रोगबाट ग्रसित उनी ‘सोल्टिनी’ निर्माण तथा निर्देशनपश्चात चलचित्र क्षेत्रमा देखिएका थिएनन् । 

श्रीमतीका साथ काठमाडौंको डिल्लीबजार बस्दै आएका उनलाई दोस्रोपटक हृदयघात भएपछि आइतबार बिहानै अस्पताल लगिएको थियो । उनको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्