
कुमारी बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका–२५ जनबाहल, भेडासिंह शाखा सोमवारबाट सञ्चालनमा ल्याएकोे छ ।
समारोहको उद्घाटन काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष राजेश डंगोलले गरे । बैंकले स्थानीय व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखा विस्तार गरेको जनाएको छ ।
बैंकले आगामी दिनमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको छ ।
विगत २१ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २९९ शाखा सञ्जाल, ३४५ एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ इकाईहरूमार्फत ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।