
त्रिभुवन विश्व विद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले बीएससी प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत पुस १६ गते सञ्चालित परीक्षाको नतिजा योग्यताक्रमको आधारमा प्रकाशित गरिएको सहायक डीन डा सुरेन्द्र कुमार गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
सबै क्याम्पसहरुलाई पठाइएको सर्कुलरमा विद्यार्थी भर्ना गर्दा क्याम्पस वा कलेजहरुले अनिवार्यरुपमा ट्रान्सिक्रिप्त तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र माइग्रेसनको सक्कल प्रति राखेर मेरिट बेसिसका आधारमा गर्नुपर्ने उल्लेख छ ।
जसअनुसार भर्ना कार्यक्रम आज मंगलबारदेखि खुलेको छ । यस्तै माघ तेस्रो सातादेखि कक्षा सञ्चालन हुने जनाइएको छ । भर्ना हुन जाँदा विद्यार्थीले प्रवेश पत्र र स्कोर कार्ड लिएर जानुपर्ने सूचनामा उल्लेख छ ।

