×

NMB BANK
NIC ASIA

सांगीतिक बजारमा चासो

फेरि किन हराइन् विष्णु माझी ? ६ महिनादेखि आएनन् नयाँ गीत

पुस २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालकी सर्वाधिक चर्चित लोकगायिका हुन्, विष्णु माझी । 

Muktinath Bank

उनकै स्वरमा रहेको ‘सालको पातको टपरी’बोलको गीतले युट्युबमा ८ करोड ४२ लाखभन्दा बढी भ्युज पाएको छ । जुन लोकदोहोरीको इतिहासमा हालसम्मकै सर्वाधिक हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चरी जेलैमा’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, ‘पिँडालु’जस्ता उनका थुप्रै गीतले युट्युबमा करोड भ्युज पाएका छन् । 


Advertisment
Nabil box
Kumari

सर्वाधिक चर्चित मात्रै होइनन् विष्णु, सर्वाधिक महङ्गी गायिका पनि हुन् । 

Vianet communication
Laxmi Bank

नेपालका ‘डिमान्डेड’ गायक–गायिकाले भन्दा उनले झण्डै १० गुणा बढी पारिश्रमिक लिएर गीत गाउँदै आएकी थिइन् । 

बजारमा लोकप्रिय गायक–गायिकाहरूले समेत २० देखि ३५ हजार रुपैयाँसम्ममा गीत रेकर्ड गर्ने गरेका छन् । 

गत वर्षसम्म विष्णुले एउटै गीत गाएको २ लाख रुपैयाँसम्म पारिश्रमिक लिँदै आएकी थिइन् । न्याय गरेर गीत गाउने गायिका भएका कारण लगानीकर्ताहरू विष्णुलाई खुशीसाथ महंगो पारिश्रमिक दिन तयार हुन्थे । 

गायक एवं संगीतकार वसन्त थापादेखि गीतकार एवं मोडल विमल अधिकारीसम्मले विष्णुलाई एउटा गीतका लागि २ लाख रुपैयाँ पारिश्रमिक तिरेका छन् । 

अरूका गीत गाउन छाडेकी हुन् विष्णुले ? 

गत वर्षसम्म विष्णु माझीका बाहिरी गीतहरू राम्रै संख्यामा आइरहेका हुन्थे । तर लामो समयसम्म उनले स्वर दिएका बाहिरी गीतहरू सार्वजनिक भएका छैनन् । यतिबेला युट्युबमा उनका नयाँ गीत खोज्ने हो भने भेटिँदैन् । 

एक महिनाअघि ‘अंगालो’बोलको एउटा गीत सार्वजनिक भएको देखिन्छ । यद्यपि, त्यो गीत पनि ५–६ वर्षअघि नै रेकर्ड भएको गायक यानप्रसाद न्यौपानेले बताए । 

तीजमा सार्वजनिक ‘चरी जेलैमा २’नै विष्णुको पछिल्लो गीत हो । जुन गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत छ ।

आफ्नै ‘सपना म्युजिक इन्डस्ट्रिज’बाट गीत सार्वजनिक भएको थियो । त्यसयता उनका नयाँ गीत युट्युबमा सार्वजनिक भएका छैनन् । 

सार्वजनिक जीवनमा गुमनाम र रहस्यमयी यी गायिकाको पछिल्लो समय कुनै गीत सार्वजनिक नहुनुलाई सांगीतिक बजारमा चासोका साथ हेरिएको छ । 

कोहीले विष्णुको प्रतिगीतको पारिश्रमिक २ बाट ३ लाख रुपैयाँभन्दा माथि पुगिसकेको र उक्त पारिश्रमिक तिर्न गाह्रो हुने हुनाले अफर गर्ने आँट गर्न जोकोहीले नसकेको हुन सक्ने बताउँछन् । 

केहीले भने विष्णुले बाहिरी गीतहरू नगाउने सोच बनाएका कारण नयाँ गीतहरू नआएको हुन सक्ने बताए ।

विष्णुसँग थुप्रै गीतमा सहकार्य गरेका गीतकार एवं गायक शिव हमालले भने, ‘उहाँले बाहिरी गीतहरू नगाउने भन्नुभएको हो । शायद, सोही कारण नयाँ गीत नआएको हुनुपर्छ ।’ 

दुई वर्षअघि सार्वजनिक ‘भीरमा सेती गाई’ शिव र विष्णुको पछिल्लो सहकार्य हो ।  पारिश्रमिक र गीत गाउने वा नगाउने भन्नेबारे विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीले निर्णय गर्छन् । 

शिवले पछिल्लो समय विष्णुसँग सहकार्य गर्ने सोच बनाएका थिए । त्यसका लागि उनले सुन्दरमणिसँग कुरा पनि राखेका थिए । 

‘एउटा सहकार्य गरौं भन्दा सुन्दरमणिजीले विचार गरौंला भन्नुभएको हो,’ शिव भन्छन् –‘तर, विचार भनेको के हो, अर्थै बुझ्न सकिनँ । फेरि एकपटक सल्लाह गर्छु ।’ 

गायक कुलेन्द्र विश्वकर्माले पनि विष्णुसँग नयाँ गीतमा सहकार्य गर्ने सोच बनाएका थिए । यद्यपि, उनले अहिले विष्णु माझीको पारिश्रमिक निकै बढिसकेको हल्ला सुने । 

‘उहाँसँग नयाँ गीत गाउने सोच बनाएको थिएँ । तर, पारिश्रमिक एकदमै महंगो भएको हल्ला सुनेपछि सम्बन्धित व्यक्तिसँग कुरा नै पुर्‍याइनँ,’ कुलेन्द्रले लोकान्तरसँग भने । 

कुलेन्द्र र विष्णुले ‘सालको पातको टपरी’ लगायतका थुप्रै हिट लोकदोहोरी गीतमा सहकार्य गरेका छन् । 

विष्णुलाई २ लाखसम्म पारिश्रमिक तिरे पनि त्यो भन्दा बढी तिरेर आफ्नो सहकार्य नभएको गायक एवं संगीतकार वसन्त थापाले बताए । 

‘उहाँलाई २ लाखसम्म पारिश्रमिक तिरेर काम गरेको छु । पछिल्लो समय भने उहाँसँग सहकार्य भएको छैन,’ वसन्तले भने । 

लोकदोहोरीमा निकै चलेका एकजना गीतकारले नाम नखुलाउने शर्तमा विष्णु माझीका गीत पहिले जसरी नआउनुमा महंगो पारिश्रमिक नै मुख्य कारण भएको बताए ।

‘उहाँ (विष्णु माझी)को अहिलेको पारिश्रमिक ३ लाख रुपैयाँ रे ! उहाँ एक जनालाई दिने पारिश्रमिकमा अडियोदेखि भिडियोसम्म तयार हुन्छ,’ ती गीतकार भन्छन्, ‘जो–कोहीले उहाँलाई गीतको अफर नै गर्न नसक्ने भए ।’ 

कतिपयले भने बाहिरी गीत नगाउने मनसायले नै विष्णुले महंगो पारिश्रमिक ‘डिमान्ड’ गर्ने गरेको अनुमान गरेका छन् ।

विष्णु नेपाली गीत संगीतमा सर्वाधिक खोजिने गायिका हुन् । 

सामाजिक सञ्जाल र हालसम्म कुनै सार्वजनिक कार्यक्रममा नदेखिएरै पनि उनले निकै लोभलाग्दो ‘फ्यान फलोइङ’ कमाएकी छिन् । 

उनी कोहीसँग बोल्दिनन् । उनीसमक्ष भेट्न र कुराकानी गर्न पनि उनका श्रीमान् सुन्दरमणि अधिकारीसँग कुरा गर्नुपर्ने हुन्छ । उनी पनि विष्णुबारे खुलेर केही कुरा गर्न चाहँदैनन् । 

विष्णुको अहिलेसम्म एउटा मात्रै फोटो सार्वजनिक भएको छ । गीतको भिडियोको कभरमा त्यही फोटो प्रयोग हुँदै आएको छ ।

स्याङ्जाकी उनी श्रीमानसँगै काठमाडौंमा बस्दै आएकी छिन् । यद्यपि, कहाँ बस्छिन् भन्ने कुरा लोकदोहोरी क्षेत्रका कलाकारहरूलाई समेत पत्तो छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x