०३ साउन २०८३, आइतबार

बोल्ड अवतारमा साम्राज्ञी

बोल्ड अवतारमा साम्राज्ञी

शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’को बुधवार चितवनमा प्रिमियर गरिएको छ ।

चलचित्रका मुख्य कलाकारहरू अभिनेता पुष्प खड्का, सन्दीप क्षेत्री, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, निर्देशक रमेश एम के पौडेलको प्रिमियरका लागि चितवन पुगेका थिए । प्रियिमरमा अभिनेत्री साम्राज्ञी बोल्ड अवतारमा पुगेकी थिइन् । पुष्प फर्मल पहिरनमा प्रिमियरमा उपस्थित थिए । 

प्रिमियरमा चलचित्र हेरेपश्चात उपस्थिति दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । जुन प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित बनाएको छ ।

साम्राज्ञी केही वर्षको अन्तरालपछि यसै चलचित्रमार्फत पर्दामा देखिन लागेकी हुन् । सोही कारण पनि यो चलचित्र उनका लागि अग्निपरीक्षा मानिएको छ ।

पुष्पको यसै वर्ष ‘कृष्णलीला’ असफल भएको कारण उनका लागि पनि यो चलचित्र चल्नु आवश्यक छ । पुष्प र साम्राज्ञीले यसअघि ‘मंगलम’ र ‘मारुनी’मा सहकार्य गरेका थिए । 

लभस्टोरी जनरामा निर्माण भएको ‘तिम्रो मेरो साथ’मा पुष्प, साम्राज्ञी र सन्दीपसँगै इमिली लामा, सरोज खनाल, खड्ग बहादुर पुन, दिपिशा केसी लगायतका कलाकारहरूको समेत अभिनय छ ।

तस्वीरहरु : अभिनेता पुष्प खड्काको फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्