गायक राजु ढकाल र गायिका देवी घर्तीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
‘रियल जोडी’ राजु र देवीले बिहीवार ‘डुम्रे भन्सार’ शीर्षकको पञ्चेबाजा गीत सार्वजनिक गरेका हुन् ।
रविन लामिछानेको शब्द, ईश्वर सिंहको संगीत रहेको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका हुन् ।
कृष्ण केसीको निर्देशनमा तयार भिडियोमा सन्तोष पन्त, दिव्यानी ओली, आशिष ढकाल लगायतको अभिनय छ ।
करण चैसिरको छायाँकन, सुजन कोइरालाको सम्पादन रहेको भिडियो देवी घर्तीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
चर्चित सांगीतिक जोडी राजु र देवीले यसअघि पनि थुप्रै गीतहरुमा सहकार्य गरिसकेका छन् ।