०८ असार २०८३, सोमबार

स्वरुपराजको पहिलो लोकदोहोरी गीतलाई ५ करोड बढी भ्युज

स्वरुपराजको पहिलो लोकदोहोरी गीतलाई ५ करोड बढी भ्युज

आधुनिक गीतका सुप्रसिद्ध गायक स्वरूपराज आचार्यको पहिलो लोकदोहोरी गीतले युट्युबमा निकै राम्रो भ्युज पाएको छ । 

सार्वजनिक भएको डेढ वर्ष नपुग्दै आचार्यले गाएको ‘डाँडाघरे साइँली’बोलको गीतले युट्युबमा ५ करोड २ लाख बढी भ्युज पाएको हो । यसअघि स्वरूपराजले कुनै लोकदोहोरी गीतमा स्वर दिएका थिएनन् ।

कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत रहेको यस गीतलाई कृष्ण बिकले संगीत संयोजन गरेका थिए ।

गीतमा महिला आवाज भने लक्ष्मी मल्लको छ, सांगीतिक क्षेत्रकी चर्चित गायिका उनी संगीतकार श्रीकृष्णकी जीवनसंगीनी हुन् । गायक स्वरुपराजले एक महिनाको तयारीपश्चात यस गीत गाएका थिए । 

मौसम हिमालीको कोरियोग्राफी र देवेन्द्र बब्लुको निर्देशन रहेको गीतको भिडियोमा  प्रकाश सपूत प्रस्तुत छन् । प्रकाश, अभिनेत्री शिल्पा पोखरेल, मोडल करिष्मा ढकालसँगै संगीतकार श्रीकृष्ण समेत भिडियोमा प्रस्तुत छन् । नवराज उप्रेतीको छायाँकन, दिन्शन शाहको सम्पादनपश्चात भिडियो सार्वजनिक गरिएको थियो ।

‘डाँडाघरे साइँली’पश्चात भने गायक स्वरुपराजले अन्य केही लोकदोहोरी गीतहरुमा समेत स्वर दिइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्