३० असार २०८३, मंगलबार

शाहिद र विजय सेतुपति अभिनित 'फर्जी' ओटीटीपीमा रिलिज हुने

शाहिद र विजय सेतुपति अभिनित 'फर्जी' ओटीटीपीमा रिलिज हुने

प्राइम भिडियोले आफ्नो आगामी फिल्म 'फर्जी'को ट्रेलर आज अर्थात् १३ जनवरीमा सार्वजनिक गरेको छ ।

फिल्ममा बलिउड अभिनेता शाहिद कपूर र  दक्षिण भारतीय अभिनेता विजय सेतुपतिको अभिनय देख्न सकिन्छ। फिल्म अपराध ड्रामा हो, विजय सेतुपतिले फिल्ममार्फत ओटीटीपीमा डेब्यू गर्दै छन्।

यो सिरिजमा शाहिद नयाँ अवतारमा देखिनेछन्।

शृङ्खलामा शाहिदलाई एक ठगको रूपमा देखाइएको छ, जबकि विजय, एक प्रवर्तन अधिकारीको रूपमा छन्। शाहिदलाई ट्र्याक गर्ने प्रयासमा उनी हुन्छन्। सिरिजमा के के मेनन, राशि खन्ना, अमोल पालेकर, रेजिना क्यासान्ड्रा र भुवन अरोरा पनि छन्। यो क्राइम थ्रिलर सिरिज १० फेब्रुअरीमा अमेजन प्राइम भिडियोमा रिलिज हुने जनाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्