०३ साउन २०८३, आइतबार

पैसा अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न चाहन्छौं– डा. तोसिमा

पैसा अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न चाहन्छौं– डा. तोसिमा
फाइल फोटो

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसा अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने बताएकी छिन् । 

संविधानले परिकल्पना गरेको मौलिक हकलाई वास्तविक रूपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता उनले जनाइन् । 

रामशाहपथस्थित मन्त्रालयमा मंगलवार कार्यभार सम्हाल्दै राज्यमन्त्री कार्कीले सरकारी अस्पतालको न्यूनतम् सेवा मापदण्ड बनाएर कार्यान्वयनमा ल्याउने बताएकी हुन् । 

‘हामीले भर्खरै देश, जनता र ईश्वरको नाममा शपथ खाएर आएका छौं । पैसाको अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई निवारण गर्न चाहन्छौं,’ उनले भनिन् । 

मन्त्री कार्कीले आज दुईवटा निर्णयमा हस्ताक्षर गरेकी छिन् । ‘आँखा उपचार सेवालाई विकेन्द्रीकरण गर्ने पहिलो निर्णय गरेका छौं,’ कार्कीले भनिन्, ‘दोस्रोमा न्यूनतम् सेवा मापदण्ड आधारभूत स्वाथ्य चौकी, जिल्ला र क्षेत्रीय अस्पतालमा हुनुपर्ने मापदण्ड के हुन्, त्यो सेट गरेर कार्यान्वयन गर्ने (भन्ने छ) ।’ 

एमालेका पदम गिरीले सम्हालेको स्वास्थ्य मन्त्रालयमा पेशाले चिकित्सक रहेकी कार्की राज्यमन्त्री बनेकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्