चैत ३०, २०७९
स्मार्ट क्युआरले बिग मार्टसँगको सहकार्यमा नयाँ वर्षको दिन सामान खरीद गर्दा भुक्तानीमा छुट अफर ल्याएको छ। यस छुट अफरअन्तर्गत ग्राहकहरूले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्ता...
नेपालको लागि टाटा मोटर्सको एक मात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह-आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२३’ प्रदर्शनात्मक कार्यक्रम बुटवल-भैरहवामा सफलतापूर्वक सम्पन्न गरेको छ।
नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवं उत्साहजनक सहभागिता रहेको थियो ।
बुटवल–भैरहवा सडकमा ३९७ किमी सम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौंको सलिम श्रेष्ठको ३४७ किमि रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भई प्रथम भए । ३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोश्रो हुन सफल भए । त्यसै गरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो स्थानमा रहे । कार्यक्रममा सहभागीमध्ये २२ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सफल भएका थिए ।
यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले ईभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरूलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवं प्रशंसा पत्र प्रदान गरिएको थियो ।
प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसुंग स्मार्ट एलईडी टीभी जिते । त्यसै गरी दोश्रो स्थानमा गोपाल शर्माले सामसुंग ओभेन जितेका छन् । तेश्रो स्थानमा रहने सुवोध भट्टराईले एयर फ्रायर जितेका छन् ।
विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावबारे जनचेतना फैलाउने र विद्युतीय गाडीहरूप्रति ग्राहकवर्गको द्विविधालाई हटाइ यसबाट मिल्ने सुविधाबारे विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्त जंग सिजापतीले जानकारी गराए ।
हाल नेपालमा पनि विद्युतीय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ ।
नेपाली बजारमा टाटा नेक्सन ईभी ग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो । नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकको सुविधाका लागि अरू मोडलका एसयुभी तथा सेडान गाडीहरूलाई समेत ईभीमा ल्याउने तयारी भइरहेको जानकारीसमेत गराएको छ ।
स्मार्ट क्युआरले बिग मार्टसँगको सहकार्यमा नयाँ वर्षको दिन सामान खरीद गर्दा भुक्तानीमा छुट अफर ल्याएको छ। यस छुट अफरअन्तर्गत ग्राहकहरूले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्ता...
विश्वव्यापी रूपमा मन पराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष योजना शुरू गरेको छ । यस य...
टीभीएस मोटर्सले बुधबार टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन निलो रङमा सार्वजनिक गरेको छ । यो नयाँ रंग, युवा वर्गले मनपराएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने कम्पनीले जनाएको छ ।...
ब्याडमिन्टन, टेनिस लगायतका खेल सामग्री उत्पादक चर्चित जापानी 'ब्रान्ड' योनेक्सका सामानजस्तै देखिने गरी कपी गरिएका नक्कली सामान नेपाली बजारमा छ्याप्छ्याप्ती पाइन थालेको छ । बजारमा खासगरी र्याक...
नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटीसहितको जिपलक प्याकमा बजारमा ल्याएको छ । नेपालमै सर्वाधिक रुचाइएको मंगलदीप चम्पा अगरबत्तीको यो जिपलक ...
बुटवलदेखि पाल्पाको ऐतिहासिक स्थल वसन्तपुर जोड्ने गरी ठूलो लगानीमा निर्माण भएको लुम्बिनी केबलकार प्रालि तयार भएको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका– ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्त...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...