११ साउन २०८३, सोमबार

बुटवल भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सफलताका साथ सम्पन्न

बुटवल भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सफलताका साथ सम्पन्न

 नेपालको लागि टाटा मोटर्सको एक मात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह-आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२३’ प्रदर्शनात्मक कार्यक्रम बुटवल-भैरहवामा सफलतापूर्वक सम्पन्न गरेको छ। 

नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवं उत्साहजनक सहभागिता रहेको थियो ।

बुटवल–भैरहवा सडकमा ३९७ किमी सम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौंको सलिम श्रेष्ठको ३४७ किमि रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भई प्रथम भए । ३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोश्रो हुन सफल भए । त्यसै गरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो स्थानमा रहे । कार्यक्रममा सहभागीमध्ये २२ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सफल भएका थिए ।

यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले ईभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरूलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवं प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसुंग स्मार्ट एलईडी टीभी जिते । त्यसै गरी दोश्रो स्थानमा गोपाल शर्माले सामसुंग ओभेन जितेका छन् । तेश्रो स्थानमा रहने सुवोध भट्टराईले एयर फ्रायर जितेका छन् ।

विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावबारे जनचेतना फैलाउने र विद्युतीय गाडीहरूप्रति ग्राहकवर्गको द्विविधालाई हटाइ यसबाट मिल्ने सुविधाबारे विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्त जंग सिजापतीले जानकारी गराए ।

हाल नेपालमा पनि विद्युतीय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ ।

नेपाली बजारमा टाटा नेक्सन ईभी ग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो । नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकको सुविधाका लागि अरू मोडलका एसयुभी तथा सेडान गाडीहरूलाई समेत ईभीमा ल्याउने तयारी भइरहेको जानकारीसमेत गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्