
इण्डिया एक्स्पो मार्ट, ग्रेटर नोएडा, दिल्लीमा पुस २९ गतेदेखि शुरू १६ औं अटो एक्स्पो २०२३ आज (माघ ४) गते समापन भएको छ ।
नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले सो प्रदर्शनीको अवलोकन भ्रमण सम्पन्न गरेको थियो ।
नाडाका केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूसहित १५० भन्दा बढी सदस्यले उक्त प्रदर्शनी अवलोकन गरेका थिए ।