
माया लाउन्ज एण्ड रेस्ट्रोले आफ्नो सेवाहरूमा कुमारी बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने भएको छ।
कुमारी बैंक लिमिटेड र माया लाउन्ज एण्ड रेस्ट्रोबीच यस सम्बन्धित सम्झौता भएको हो।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न कुमारी बैंकले यस सहकार्यमार्फत माया लाउन्ज एण्ड रेस्ट्रोका विभिन्न सेवाहरूमा आकर्षक छुटको प्रावधान गरेको हो ।
बैंकका डेबिट/क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले उक्त रेस्ट्राको माछापोखरी र मध्यबानेश्वर शाखाबाट खाना र पेय पदार्थ शुल्कमा १०% र विभिन्न भेला वा समारोहमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएको छ। आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।