२८ असार २०८३, आइतबार

जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिनेछ : मन्त्री गिरी

जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिनेछ : मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य बीमामार्फत सबै जनताको निःशुल्क उपचारलाई सुनिश्चित गरिने बताएका छन् । शनिबार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले त्यस्तो बताए । स्वास्थ्य बीमा कार्यक्रममा केही जिल्लाहरूमा समस्या आएको देखिए पनि त्यसको उचित व्यवस्थापन गरिने उनको भनाइ छ । बीमा कार्यक्रम संचालन गरेका अस्पतालहरुले कार्यक्रम सञ्चालन गर्न नसकिने बताउन थालेको भन्दै बीमा कार्यक्रम कार्यान्वयनका समस्या छिट्टै समाधान हुने स्वास्थ्य मन्त्री गिरीले बताए । 

बीमा कार्यक्रम सञ्चालनमा आइपरेका समस्याहरुको बारेमा जानकारी लिन आफुले सम्बन्धित निकायसँग छलफल गरिसकेको भन्दै समस्या समाधानको पहल छिट्टै गरिने गिरीको भनाइ छ ।  

गरिब जनताले स्वास्थ्य बीमा कार्यक्रममार्फत धेरै सुबिधा लिनसक्ने भए पनि कार्यक्रम कार्यान्वयनमा धेरै समस्या भएको गिरीले बताए । रोटरी क्लबले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गर्दै मन्त्री गिरीले सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व रहेको चर्चा गरे । मन्त्री गिरीले सो त्रलममा मनमोहन सामुदायिक अस्पतालको अनुगमन समेत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्