माघ १५, २०७९
मधेस प्रदेशमा कुष्ठरोगीको सङ्ख्या अत्यधिक रहेको देखिएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार जनकपुरधाममा सामाजिक विकास मन्त्रालयमातहतको स्वास्थ्य निर्देशनालयद्वारा आयोजित एक कार्यक्रममा कुष्ठरोगी अत्यधिक ...
दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरूको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ ।
छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बाप्र १०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी आइतवार बिहान २ः३० बजे सडकमा अनियन्त्रित भई वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा दुर्घटना भएको थियो । त्यसमा स्वास्थ्यकर्मीहरूको मृत्यु भएको घटनालाई लिएर विभिन्न निकाय, संघ संगठनले शोक विज्ञप्ति जारी गरेका छन् ।
सुर्खेत स्वास्थ्य सेवा निर्देशनालय, दैलेखस्थित स्वास्थ्य सेवा कार्यालयका साथै राष्ट्रिय कर्मचारी संगठन (निजामती) कर्णाली प्रदेश समिति अध्यक्ष देवेश्वर गिरीले शोक वक्तव्य जारी गर्दै राष्ट्रसेवक कर्मचारीहरूको मृत्युले स्वास्थ्य क्षेत्र र पारिवारिक जीवनमै ठूलो क्षति पुगेका पुगेको बताइएको छ ।
दुर्घटनामा परी स्वास्थ्यकर्मीहरू क्रमशः दैलेख डुङ्गेश्वर गाउँपालिका–५ निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ निवासी ३१ वर्षीय बबिन शाही र गुराँस गाउँपालिका–३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी घाइते भएका थिए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार घाइते भई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएका गाडी चालक सञ्चालक वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत बस्ने सागर शाहीसहित ३ निरीक्षकको आइतवार बिहान ५ बजे मृत्यु भएको थियो ।
भैरवी गाउँपालिका–५ दैलेख स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक २६ वर्षीय वीरेन्द्रराज शाहीको भने थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट अन्यत्र रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य शाखाका प्रमुखहरूलाई शनिवार एचएमआइएस, भीएसआईएस, ईएलएस सम्बन्धी ३ दिने समीक्षा गोष्ठीका लागि वीरेन्द्रनगरमा बोलाएको थियो । नेकपा एमाले निकट स्वास्थ्यकर्मीको प्रदेशस्तरीय बैठकमा सहभागी हुन पनि १० जिल्लाका स्वास्थ्यकर्मी सुर्खेतमा आएको जनाइएको थियो ।
कार्यक्रम सम्पन्न भएपछि उनीहरू बेलुकाको खाना भेरीगङ्गा नगरपालिका–१ मा खाएर राति वीरेन्द्रनगर फर्कने क्रममा दुर्घटना परेका थिए । मृतक सबैको सुर्खेतस्थित प्रदेश अस्पतालमा शव परीक्षण गरी आइतवार नै परिवारलाई बुझाइएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मधेस प्रदेशमा कुष्ठरोगीको सङ्ख्या अत्यधिक रहेको देखिएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार जनकपुरधाममा सामाजिक विकास मन्त्रालयमातहतको स्वास्थ्य निर्देशनालयद्वारा आयोजित एक कार्यक्रममा कुष्ठरोगी अत्यधिक ...
भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सीएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट...
नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटेक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको ...
गलकोट नगरपालिका –५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ । नगर अस्पतालको सबै मापदण्ड पूरा गर्न नगरपालिकाले दरबन्दी पूरा गर्ने, आवश्यक पूर्वाधार र सामग्रीको जोहो...
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरिय...
काठमाडौं– तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्राको हुने, र पाचनप्रक्रियामा समस्या हुने गर्छ । फिजिसियन डा.रोगर हेन्डरसनले तनावका ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...