भारतको केरलामा रहेको कोची विमानस्थलमा एकजना यात्रुको शरीरबाट १९ सय ७८ दशमलब ८९ ग्राम सुन भन्सार विभागको एयर इन्टेलिजेन्स युनिटले बरामद गरेको छ ।
ती यात्रुको नाम अब्दुल भएको र उनी मालापुरुमका निवासी भएको बताइएको छ ।
यात्रुको खानतलाश गर्दा दुईवटा आयाताकार प्याकेजमा सुन लुकाइएको फेला परेको थियो । यात्रुले आफ्ना दुवै गोडामा कालो टेपले बाँधेर सुन लुकाएका थिए ।
यात्रुलाई पक्राउ गरी सोधपुछ गरिँदैछ ।
#WATCH | Kerala: Air Intelligence Unit (AIU) of the Customs department seized 1978.89 grams of gold worth Rs 85 lakhs from a passenger at Kochi airport yesterday. The passenger has been identified as Abdul, a native of Malappuram: Customs pic.twitter.com/xxeM0QZvTJ
— ANI (@ANI) January 23, 2023