३२ असार २०८३, बिहीबार

धिरेन शाक्य अभिनित ‘छैन केही डर’ सार्वजनिक

धिरेन शाक्य अभिनित ‘छैन केही डर’ सार्वजनिक

एक समयका चर्चित अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त छन् । सामाजिक र पारिवारिक कथासहितको सन्देश दिने मात्र होइन, प्रेमभाव जोडिएका गीति भिडियोमा समेत धिरेनले कम्मर मर्काउन भ्याउँछन् ।

यो बीचमा गौरव गिरीको निर्देशनमा बनेको ‘छैन केही डर’ बोलको गीतमा धिरेन जोडिएका छन् । सोमबार सार्वजनिक भएको उक्त गीतमा धिरेनले अभिनेत्री अनिता केसीसँग जोडी बाँधेका छन् । अनिता उनै हुन् जसले बीसौं वर्ष पहिले सार्वजनिक चर्चाको अनि हिट चलचित्र ‘कमाण्डो’मा मुख्य भुमिका निभाएकी थिइन् । 

एक समयका चल्तीका दुई अग्रज कलाकारलाई गिरीले जोडी बाँध्दा साथमा नुशा खातुन, भद्रजंग कुवंर, रामलक्ष्मण विष्ट र दुर्गाचन्द ठकुरीलाई पनि भिडियोमा देख्न सकिन्छ । त्यस्तै बाल कलाकारद्वय उमंग हुमागाईँ र उत्कर्ष हुमागाईँ पनि भिडियोमा फिचर्ड छन् ।

पारिवारिक कथा समेटिएको गीतको भिडियोमा सामाजिक कामले एउटा बस्तिको प्रतिनिधित्व गर्दै शहर हिँडेको श्रीमान हराएपछि परिवारमा उनको श्रीमती र छोरामा पर्ने प्रभाव र त्यसले घर नै छोड्न बाध्य पार्ने परिस्थितिलाई पेश गरिएको छ । बुबा हराएपछि  परिवारका अन्य सदस्यबाट बालक छोरा अपहेलित हुनुपर्दाको अवस्थालाई मार्मिक ढंगले भिडियोमा प्रस्तुत गरिएको छ । सबै कलाकारले जीवन्त अभिनय पस्केका छन् ।

उक्त गीतमा स्वर विशम आचार्यको छ भने मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका हुन् । गीतमा संगीत एरेञ्जको काम पनि गायक विशमले नै गरेका छन् ।

भिडियोतर्फ भद्रजंग कुवंरको सम्पादन रहँदा छायांकन उत्तम हुमागाइँको छ । कलरको काम श्याम कुवंरले गरेका छन् । निर्देशक गिरीले नेपाली समाजको एक यथार्थतालाई भिडियोमा जोडिएको बताए । भिडियोका निर्माता आर कुमार हुन् ।

salt training

कमेन्ट गर्नुहोस्