
नेपाल टी–द्धान्टी लिग क्रिकेटमा स्पट फिक्सिङमा ५ जना खेलाडी र ५ जना अफिसियल संलग्न देखिएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गरेको अनुसन्धानबाट १० जना संलग्न देखिएको हो । प्रहरीले स्पट फिक्सिङको आरोपमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम र सदस्य मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको प्रारम्भिक छानबिनबाट अन्सारी र आलम सहित ५ जना खेलाडी स्पष्ट फिक्सिङमा संलग्न रहेको सीआईबी स्रोतले जनाएको छ ।
टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक जतिन अहलुवालिया सहित ५ अफिसियलको संलग्नता पनि देखिएको छ ।