१९ असार २०८३, शुक्रबार

भारतमा अर्का एक बाबाको हंगामा, आफूले रावणसँग फोनमा कुरा गरेको दाबी

माघ १०, २०७९
भारतमा अर्का एक बाबाको हंगामा, आफूले रावणसँग फोनमा कुरा गरेको दाबी

भारतमा केही दिनयता बागेश्वर धामका पीठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्रीको चर्चा व्यापक रूपमा चलिरहेको छ । 

शास्त्रीले आफूलाई भेट्न आउने मानिसको मनमा के चलिरहेको छ पहिल्यै थाहा पाउने दाबी गरेका छन् । 

यसैबीच शास्त्रीले लंकाका राजा रावणसँग आफूले फोनमा कुरा गरेको बताएका छन् । उनले त्यो दाबी गरेको भिडियो अहिले चर्चित बनेको छ । 

रावणसँग बुन्देली भाषामा कुराकानी गरेको शास्त्रीको दाबी छ । सीतालाई किन हरण गरेको अनि रामसँग किन युद्ध गरेको भनी आफूले सोधेको उनले बताए । 

रावणको फोन नम्बर नसोध्न उनले मानिसहरूलाई भनेका छन् । 

यस विषयमा स्पष्टीकरण दिँदै शास्त्रीले रमाइलोका लागि यो कुरा भनेको बताए । कथा सुनाउँदा उदाहरण दिनुपर्ने हुन्छ र त्यसैक्रममा मानिसहरूलाई बुझाउनका लागि आफूले रावणसँगको फोनको उदाहरण दिएको उनको भनाइ छ । 

बागेश्वर धाम बाबाको विवाद चलिरहँदा एक पक्षले शास्त्रीको हिन्दू राज्य आकांक्षालाई समर्थन गरिरहेको छ । अर्को पक्षले चाहिँ शास्त्रीमाथि अन्धविश्वास फैलाइरहेको आरोप लगाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्