भारतको उत्तर प्रदेशस्थित मऊमा एकजना चिकित्सकले पत्रकारलाई हेल्मेटले हिर्काएको भिडियो सार्वजनिक भएको छ ।
घटना जिल्ला अस्पतालमा भएको हो । प्रहरीले उजुरी दर्ता गरेर कारवाही थालेको छ ।
आइतवार आफूले दिउँसोको भोजन गरिरहेको बेलामा पत्रकार अस्पतालमा आएर भिडियो बनाउन थालेको चिकित्सकको भनाइ छ । पत्रकारले अनुचित कुरा पनि गरेको चिकित्सकले बताए । पत्रकारलाई रोकिन भन्दा पनि नरोकिएपछि चिकित्सकले हेल्मेट उठाएर हानेको प्रहरीका एएसपी त्रिभुवननाथ त्रिपाठीले बताए ।
आफ्नो मोबाइल खोसिएको पत्रकारले आरोप लगाएका छन् ।
#WATCH उत्तर प्रदेश: एक डॉक्टर द्वारा एक पत्रकार पर हेलमेट फेंककर मारने का वीडियो वायरल है। घटना सदर अस्पताल मऊ की है। पुलिस ने मामला दर्ज कर कार्रवाई शुरु की। (23.01) pic.twitter.com/ZaOgobhjI1
— ANI_HindiNews (@AHindinews) January 24, 2023