टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त बनेकी छिन् ।
गतमहिना सार्वजनिक ‘जुम्ला’ बोलको गीतपश्चात म्युजिक भिडियोमा उनको व्यस्तता ह्वात्तै बढेको हो ।
त्यसअघि केही म्युजिक भिडियोमा अभिनय गरेपनि सुनिल गिरीको उक्त गीतले सर्वाधिक चर्चा पाएको थियो ।
उक्त गीतको भिडियोले एक महिनामै ३५ लाख बढी भ्युज पाइसकेको छ ।
पछिल्ला दिनमा मिस पबिले नियमितजसो म्युजिक भिडियोमा मोडलिङ गरिरहेकी छिन् ।
बिहीवार मात्रै उनको अभिनय रहेका दुई वटा म्युजिक भिडियो सार्वजनिक भएका छन् ।
श्रीधर अधिकारी र शान्तिश्री परियारको स्वर रहेको ‘कपालै कोरी’मा मिस पबि मेक्सम गौडेलसँग प्रस्तुत छिन् । त्यस्तै, बिहीवार नै सार्वजनिक ‘आहा कति राम्री’को भिडियोमा उनी गायक हिमाल सागरसँग प्रस्तुत भएकी छिन् । यस गीतमा हिमाल र अनु चौधरीले स्वर दिएका छन् ।
मिस पबिको पाइपलाइनमा पनि केही म्युजिक भिडियोहरू छन् ।
उनी डडेल्धुराकी हुन् ।