×

Nic Asia
Dabur
Prabhu Bank

आधुनिक ययाति : शरीरलाई फेरि जवान बनाउनका लागि यी व्यक्तिले खर्च गरे आधा अर्ब डलर

काठमाडाैं | माघ १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रविधि क्षेत्रका एक धनाढ्य व्यापारीले शरीरलाई पुनः जवान बनाउनका लागि लगभग आधा अर्ब डलर खर्च गरेका छन् । 

yONNEX
IME BANK INNEWS

ब्रायन जोनसन नामक ४५ वर्षीय ती व्यापारीले वर्षको २० लाख डलर खर्च गरी ३० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यविद्हरू नियुक्त गरेका छन् । उनीहरूले जोनसनका प्रत्येक अंगको निरीक्षण तथा परीक्षण गर्ने गरेका छन् । जोनसनको शरीरलाई १८ वर्षको किशोरको जस्तो बनाउने उनीहरूको लक्ष्य हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जोनसन बिहान ५ बजे उठ्छन्, दिनभरि दुई दर्जन जति सप्लिमेन्ट लिन्छन् र पूर्ण शाकाहारी भोजन गर्छन् । 

उनको उमेर घट्ने प्रक्रियालाई मिहिन तरिकाले हेरिन्छ । 


Advertisment
Lokantar App
Saurya island

उनले आफ्ना दिसाहरूको ३३ हजार ५३७ तस्वीर खिचेका छन् । अनि आफ्नो हाडको तौलदेखि राति शरीरबाट निस्कने पदार्थसम्मको पनि उनले निरीक्षण गर्ने गरेका छन् । 

उनी र उनका चिकित्सकहरूले दुई वर्षको अवधिमा उनको जैविक उमेर पाँच वर्षले घटेको दाबी गरेका छन् । अहिले उनको मुटु ३७ वर्षको मानिसको जस्तो छ भने छाला चाहिँ २८ वर्षको मान्छेको जस्तो छ । अनि फोक्सोको क्षमता तथा तन्दुरुस्ती १८ वर्षको किशोरको जस्तो छ । 

Vianet communication

जोनसनले ब्रेनट्री पेमेन्ट सोल्युसन्स नामक कम्पनी खोलेका थिए । सन् २०१३ मा उनले त्यो कम्पनी ईबेलाई ८० करोड डलरमा बेचे । 

तर उक्त कम्पनी खोल्ने क्रममा उनले अपनाएको जीवनशैलीले उनलाई निराश र आत्महत्याको सोच आउने किसिमको बनायो । त्यसपछि उनले आफ्नो शरीरको गतिविधि बुझ्ने कोशिश गरे । 

अहिले उनी प्रोजेक्ट ब्लुप्रिन्ट भन्दै पूर्णकालीन जागिरे जस्तो गरी शरीरको निरीक्षण तथा उमेर घटाउने काम गरिरहेका छन् । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई छिट्टै पक्राउ गरिन सक्ने भनी केही दिनअघि बयान दिएपछि उनी पक्राउ परेका झूटा तस्वीरहरू भाइरल भए ।  प्रहरी अधिकारीहरूले ट्रम्पलाई घेरेर पक्राउ गरेका तस्वीर इन्...

चैत ६, २०७९

इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ ।  मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ ।  ...

चैत ७, २०७९

चीनले विज्ञान तथा प्रविधिको क्षेत्रमा लगातार परीक्षण गरिरहेको छ ।  हालै चिनियाँ वैज्ञानिकहरूले गरेको दाबीअनुसार, क्लोनिङमार्फत तीनवटा ‘सुपर काउ’ तयार भएको छ । यी गाईहरूले आफ्नो जिन्दगीभरि...

चैत ६, २०७९

भारतको महाराष्ट्रमा रहेको जाल्नामा एक किसानले भूमिको स्वामित्व पाउने माग गर्दै आफैंलाई छातीसम्म भुइँमा गाडेका छन् ।  सुनिल जाधव नामक ती किसानले जमीनको स्वामित्व नपाउन्जेल अनौठो विरोध कार्यक्रम अन्त्य नगर्न...

चैत ७, २०७९

नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् ।  कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...

चैत ७, २०७९

गोमन सर्पले आफ्नो फणा उठाउँदा निकै भव्य देखिन्छ ।  आफूमाथि जोखिम आइलागेको अनुभव गरेमा गोमनले शरीरको एक तिहाइ भाग जमीनबाट मास्तिर उचाल्न सक्छ ।  एउटा गोमन साँप माटोको ढिस्कोमा माथिसम्म फणा उठ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x