२९ असार २०८३, सोमबार

देवदह नगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता

देवदह नगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता

रूपन्देहीको देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको छ ।

स्वास्थ्य बीमा गरेका नगरबासीलाई नगर अस्पतालबाटै बीमाबापत पाइने निःशुल्क उपचार,ल्याब परीक्षण र औषधिहरू नगर अस्पतालबाटै उपलब्ध गराउन नगरपालिकाले सम्झौता गरेको हो ।

नगर प्रमुख ध्रुव खरेल, नगर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संज्ञा सेनसहितको टोली तथा बीमा बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवाली र उपसचिव बाबुराम खनालबीच शुक्रबार बीमा बोर्डको कार्यालयमा सम्झौता पत्र आदानपत्र भएको छ ।

स्वास्थ्य बीमा ऐन २०७४,स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार सेवा प्रदानसम्बन्धी सम्झौता भएको हो ।

बोर्डसँग सम्झौता भएपछि अब बोर्डले अस्पतालका कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रमका विषयमा जानकारी गराउने, कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्तिलाई बीमा व्यवस्थापन सूचना प्रणाली, दाबी भुक्तानी तथा उपचार खर्च दररेटबारे जानकारी गराएपछि फागुन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आउने नगर प्रमुख खरेलले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार संघीयता कार्यान्वयनमा आएपछि रुपन्देहीका १६ स्थानीय तहमध्ये नगर अस्पताल सञ्चालन र स्वास्थ्य बीमा गर्ने देवदह पहिलो स्थानीय तह हो ।

salt training

कमेन्ट गर्नुहोस्