राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई अर्थात माध्यामिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि) को समयतालिका सार्वजनिक गरेको छ ।
बोर्डको माघ ११ गतेको निर्णयअनुसार २०७९ सालको एसईई परीक्षा चैत १७ देखि सञ्चालन हुने शनिबार जारी सूचनामा उल्लेख छ । जसअनुसार १७ गते पहिलो दिन अंग्रेजीको हुनेछ भने परीक्षा चैत २९ गते सम्पन्न हुनेछ ।
