३१ असार २०८३, बुधबार

लुम्बिनीमा शून्य पोलिथिन अभियान शुरु

लुम्बिनीमा शून्य पोलिथिन अभियान शुरु

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलिथिन अभियान शुरु भएको छ ।

पोलिथिनजन्य फोहोरले लुम्बिनी भ्रमणमा आउने पर्यटक र वातावरणमा नकारात्मक असर परेकाले नगरलाई सफा र स्वच्छ बनाउन अभियान शुरू गरिएको नगरपालिकाले जनाएको छ  । 

लुम्बिनी सांस्कृतिक नगरपालिकाको आर्थिक सहयोगमा ग्रिनरी नेपाल संस्थाले सञ्चालन गरेको यो अभियान ६ महिनासम्म चल्नेछ ।

आइतबार अभियानको शुभारम्भ गर्दै रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल भएकाले यो ठाउँ स्वच्छ र सरसफाइयुक्त हुनुपर्ने बताए ।

सांसद घिमिरेले यसअघि आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई शुन्य खुला  पोलिथिनमुक्त नगर बनाउन एक लाख बढी नगरबासीलाई सरसफाइ अभियानमा सहभागी गराएको उल्लेख गर्दै व्यापक जनसहभागिताले मात्र अभियान सफल हुने स्पष्ट पारे  ।

उनले लुम्बिनीपछि रुपन्देही क्षेत्र नं. ५ का अन्य स्थानीय तहलाई समेत शून्य पोलिथिन बनाउन पहल गर्ने स्पष्ट पारे  ।

यस्तै लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले पर्यटकलाई आकर्षित गर्न र उनीहरूको बसाइ लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनु पहिलो शर्त भएकाले शून्य पोलिथिन अभियानले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हृदयरत्न बज्राचार्यले पोलिथिनजन्य फोहोरले पर्यावरण र जलवायु परिवर्तनमा नकारात्मक असर परेकोले विद्यालयदेखि विश्वविद्यालय तहसम्म यसबारे जनचेतना फैलाउन आवश्यक रहेको बताए। यो अभियानमा विश्वविद्यालय पनि सहकार्य गर्न तयार रहेको बताए। 

salt training

कमेन्ट गर्नुहोस्