चैत ११, २०७९
नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोट गाउँपालिका सल्यानको गाउँ परिषद शनिबार सम्पन्न भएको छ । सांगठनिक अवस्थाको समीक्षा, गुणस्तरीय शिक्षाका लागि खेल्नुपर्ने भूमिकालगायत विषयमा महत्वपूर्ण छलफल र निर्णय गर्दै ...
त्रिभुवन विश्वविद्यालयले विधानविपरीत परीक्षा तालिका निकालेको भन्दै स्नातक चौथो वर्षका विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
कोर्स नसकिँदै र परीक्षा फारम सकेको २ दिनमै त्रिविले परीक्षा सञ्चालन हुने गरी तालिका परिमार्जन गरेको भन्दै नेविसंघले परीक्षा नियन्त्रण कार्यालय बल्खुअगाडि प्रदर्शन गरेको हो।
त्रिविले यही पुस २९ गतेदेखि माघ २९ गतेसम्म नियमित दस्तुर र फाल्गुन ७ सम्म दोब्बर दस्तुर हुनेगरी आवेदन फारम खुलाएको थियो।
फारम खुलेको हप्ता दिन पनि नहुँदै त्रिविले फागुन १० गतेबाट परीक्षा हुनेगरी तालिका सार्वजनिक गरेको थियो ।
त्रिविले अशोभनीय, विधानविपरीत र त्रुटिपूर्ण रूपमा तालिका निकालेको भन्दै नेविसंघ स्नातक चौथो वर्षका विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
आज नेविसंघ त्रिचन्द्र क्याम्पस, नेपाल कमर्श क्याम्पस, पाटन क्याम्पस र कोटेश्वर बहुमुखी क्याम्पसले संयुक्त ज्ञापनपत्रसमेत बुझाएका थिए ।
सामान्यतया त्रिविले परिक्षा फारम भरेको ३५ दिनपछि परीक्षा गर्ने गरेको भए पनि यो पटक परीक्षा फारम भर्ने अन्तिम मितिको तीन दिन पछिबाट परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरेको थियो। त्यसपछि विद्यार्थी आन्दोतिल भएका हुन् ।
विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर उक्त निर्णय त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोट गाउँपालिका सल्यानको गाउँ परिषद शनिबार सम्पन्न भएको छ । सांगठनिक अवस्थाको समीक्षा, गुणस्तरीय शिक्षाका लागि खेल्नुपर्ने भूमिकालगायत विषयमा महत्वपूर्ण छलफल र निर्णय गर्दै ...
इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुन लाइसेन्स परीक्षा लिन शुरु गरेको छ । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा काउन्सिलले उत्तीर्ण भएकाहरूले व्यवसाय गर्न पहिलो पटक लाइसे...
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ। यस वर्ष कक्षा ६ द...
महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी संगठनले निर्वाचन समितिको कार्याल...
दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अंग्रेजी सिकाउन थालेका छन् । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’मा २ जना डेनमार्कका नागरिक ल्याए...
विद्यार्थी संख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइँ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी संख्या घटिरहेको छ तर पाँचथरको जेठो जयनाराय...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...