×

Nic Asia
Dabur
Prabhu Bank

स्ववियु निर्वाचन : कार्यतालिका प्रकाशनको सातासम्म मात्र भर्ना

काठमाडाैं | माघ १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचनको कार्यतालिका प्रकाशन गरेको एक हप्तासम्म मात्र विद्यार्थीले भर्ना गर्न पाउने भएका छन् ।

yONNEX
IME BANK INNEWS

त्रिविले तयार पारेको स्ववियु निर्वाचनको आचारसहिंतासम्बन्धी प्रस्तावित निर्देशिका, २०७९ मा कार्यतालिका प्रकाशन गरेको सातासम्म स्नातक तह प्रथम वर्षमा भर्ना हुने पाउने र त्यसपछि भर्ना बन्द गरिने उल्लेख गरिएको छ । त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचनको कार्यतालिका भने प्रकाशन गर्न बाँकी छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

    त्रिविका देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा समितिका सदस्य सचिव पशुपति अधिकारीले प्रस्तावित निर्देशिकाबारे विद्यार्थी सङ्गठनहरुसँग छलफल गरिसकेको बताए । उनका अनुसार विद्यार्थी सङ्गठनले कार्यतालिका प्रकाशन गरेपछि तीन दिन मात्र भर्ना गर्नुपर्ने सुझाव दिएका छन् । 

    प्रस्तावित निर्देशिका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले तयार पारेको हो । दोस्रो, तेस्रो र चौथो वर्ष एवम दोस्रो सेमेष्टरदेखि अन्तिम सेमेष्टरको भर्नाबारे भने क्याम्पसले नै तोकेर व्यवस्था गर्न सकिने निर्देशिकामा उल्लेख छ । तर सेमेष्टर प्रणालीमा सञ्चालित कार्यक्रममा प्रवेश परीक्षा उत्तिर्ण गरिसकेका कोटाभित्र प्रथम सेमेष्टर भर्ना हुनेको हकमा भने मतदातासूची प्रकाशित हुने मितिभन्दा दुई दिन अघिसम्म भर्ना गर्न पाइने व्यवस्था गरिएको छ । 


Advertisment
Lokantar App
Saurya island

    निर्देशिकामा एक तह अध्ययन गरी उत्तिर्ण गरिसकेपछि पुनः सोही तहमा भर्ना हुन नपाउने र भए पनि उम्मेदावर हुन नपाइने व्यवस्था गरिएको छ । तर विषय परिवर्तन गरी भर्ना भई उम्मेदवार भने हुन पाइने व्यवस्था गरिएको छ । त्रिविमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीअन्तर्गत निर्वाचन गर्न लागिएको हो । निर्देशिकामा २०५१ चैत १८ गते जन्ममिति र सोभन्दापछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ । निर्देशिकामा स्ववियु निर्वाचनमा कुनै सङ्घ, सङ्गठन वा समूहले समानुपातिकतर्फ मात्र सहभागी हुनसक्ने जनाइएको छ । 

    स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालबाट चयन हुने छन् । निर्देशिकामा स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११, २०१ देखि एक हजारसम्म विद्यार्थी भए १५, एक हजार एकदेखि तीन हजारसम्म भए १९ तथा तीन हजार एकदेखि बढी विद्यार्थी भए १९ जनाको कार्यसमिति हुने व्यवस्था छ ।  रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

चितवन जिल्लाका २ पालिकामा १३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतवार आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा तथ्यांक सार्वजनिक गरिएको हो ।   भरतपुर महानगरपा...

चैत ४, २०७९

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ‘क्वालिटी’ परियोजना शुरू गरेको छ ।  स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षे...

चैत ७, २०७९

महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी संगठनले निर्वाचन समितिको कार्याल...

चैत ३, २०७९

कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो ।...

चैत ४, २०७९

नुवाकोटको म्यागङ गाउँपालिकाले चालू शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।  हालै बसेको गाउँ कार्यपालिकाको बैठकको न...

चैत ६, २०७९

अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ ।  गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९&r...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x