×

Nic Asia
Dabur
Prabhu Bank

सत्तारोहणमा मरिहत्ते

रविको सत्ता आशक्ति: नैतिकताको कुरा गर्नेले देखाएको अनैतिकताको नमूना !

काठमाडाैं | माघ १८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक तथा नेताहरूलाई पदलोलुपको आरोप लगाउँदै ‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका पूर्व पत्रकार रवि लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो भेद खोलेका छन् ।

yONNEX
IME BANK INNEWS

कीर्ते नागरिकता देखाएर राजनीतिक दल गठन गरेका रविले त्यही नागरिकताको भरमा चुनाव लडे, जितेर आए अनि अस्वाभाविक रूपमा एकैपटक उपप्रधानसहित गृह मन्त्रालय पाए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नागरिकताको विषय अदालतमा विचाराधीन रहेको र पासपोर्ट दुरुपयोगको आरोप लागेका लामिछानेलाई गृह प्रशासनको साँचो सुम्पिँदा नै यसको विरोध भएको थियो । सत्ता स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने राजनीतिक दलले रविलाई गृहको साँचो सुम्पेर बिरालोलाई दूधको साक्षी बनाए ।

जेहोस्, नागरिकतामा रविले गरेको जालसाजीलाई सर्वोच्च अदालतले मान्यता दिएन । संवैधानिक इजलासले लामिछानेले जालसाजीपूर्ण ढंगले प्रयोग गरेको नागरिकतालाई अवैध भनिदियो । सर्वोच्चको एक आदेशले उनको सांसद, मन्त्री र पार्टी सभापतिको पद एकै झड्कामा गयो । 


Advertisment
Lokantar App
Saurya island

माघ १३ गते शुक्रवार सर्वोच्चको आदेशपछि आफूलाई ‘अनागरिक’ भएको गुनासो गर्दै लामिछाने निन्याउरो मुख लगाउँदै सिंहदरबारबाट लुरुलुरु बाहिरिए । सर्वोच्चको आदेशलाई स्वागत गर्ने बताएका रविले उपनिर्वाचनको तयारी गर्लान् भन्ने धेरैको विश्वास थियो । सर्वोच्चकोे आदेशले पदच्युत भएका लामिछानेलाई ३ दिनमै गृहमा फर्किने महत्त्वाकांक्षा पलायो, आफैंलाई पुनः गृहको चाबी दिनुपर्ने हठ राखे ।

सर्वोच्च अदालतको पूर्णपाठ पर्खने धैर्यता पनि उनले गरेनन् । झूटा नागरिकता पेश गरेर जितेको सांसद पद खारेज भइसक्दा पनि उनले आफूलाई लज्जाबोध गरेनन् । बरु सत्ता साझेदार दलका नेतामार्फत प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरेर तत्कालै सत्तामा पुग्ने सपना देख्न थाले ।

Vianet communication

आइतवार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्ति गरेसँगै उनमा गृह मन्त्रालयमा फर्कने महत्त्वाकांक्षा पलायो, उनले एकैदिन पार्टीका ३ बैठक राखेर नाटकीय ढंगले आफूलाई पार्टी सभापति बनाए । त्यसैको आडमा गृह मन्त्रालयमा आफूलाई पुनर्बहाली नगरे पार्टी सरकारबाट बाहिरिने घुर्की प्रधानमन्त्री प्रचण्डलाई दिए । गृहमन्त्रीमा पुनः नियुक्त गर्न रास्वपाले दबाब दिएको प्रचण्डले पार्टी बैठकमा ब्रिफिङ गरेका थिए । 

चुनावपछि बनेको नयाँ संसद्को अधिवेशन शुरू भएको १ महिना नहुँदै गैरसांसदलाई मन्त्री, त्यो पनि गृहको जिम्मा लगाउनु संसदप्रतिको घोर अपमान हुने थियो । भोलिका दिनमा पनि प्रचण्डले गैरसांसदलाई मन्त्री नियुक्त गरे भने त्यो लोकतन्त्रप्रतिको घात हुनेछ ।

नैतिकताको पाठ सिकाएर, अनैतिकताको नमूना !

जुन प्रवृत्तिको विरोध गरेर रवि राजनीतिमा स्थापित भए, उनका क्रियाकलाप त्यही पुरानो कुराको पुनरावृत्ति गरिरहेका छन् । नैतिकताको पाठ सिकाउने उनले आफ्नै बोली बिर्सिए । उनी पत्रकारिता कर्ममा छँदा उपप्रधानमन्त्रीको भीड बनाइएकोमा विरोध गर्दथे । गैरसांसदलाई मन्त्री बनाइएकोमा उनको आक्रोश हुन्थ्यो ।

अक्टोबर ८, २०२१ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा गजेन्द्र हमाल मन्त्री बनेको दिन रविले ट्वीटरमा लेखेको सन्देश अहिले सामाजिक सञ्जालमा छ्यापट्यापती छ । उनले लेखेका छन्, ‘गैरसांसद मन्त्री भै छाडे । विधि पद्धति, आदेश परमादेश फ्लोर क्रस र यो लिमिट क्रस, उफ् !’

रविको आजको हैसियत गजेन्द्र हमालको जस्तै हो तर उनी गृहमन्त्रीका लागि मरिहत्ते गरिरहेका छन् । आफूलाई गृहमन्त्रीको शपथ नगराए सरकारबाट बाहिरिने भनेर मोलमोलाइ गरिरहेका छन् । उनले भन्ने गरेकोे विधि र पद्धतिको कुरा आफ्नो हकमा भने लागू नपर्ने परिभाषा बनाउँदै छन् ।

लामिछानेका प्रत्येक क्रियाकलाप चुनावअघि आफैंले गरेका प्रतिबद्धताको विपरीत छन् । ‘रवि लामिछाने प्रालि’ जस्तै बन्न पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘हामी के गर्दैनौं’ शीर्षकमा लेखेको प्रतिबद्धता पत्रमा चुनाव हारेको व्यक्तिलाई चोर बाटोबाट सरकारमा नलैजाने उल्लेख थियो । लाज पचाएर आज उनी आफैं त्यहीँ चोर बाटोबाट गृहमन्त्री बन्नका लागि कहिले बालकोट र कहिले बालुवाटारको परिक्रमा गरिरहेका छन् । 

‘तातै खाउँ, जल्दै मरौं’ भने जसरी गृहमन्त्रीमा पुनः नियुक्ति हुन खोज्नुको उनको उद्देश्य पासपोर्ट छानबिनलाई फितलो बनाउनु रहेको सत्ता साझेदार दलका नेताहरू बताउँछन् । ‘उहाँलाई गृह मन्त्रालय नै चाहिने, आफैं नै मन्त्री बन्नुपर्ने कुराको अर्थ बुझ्न गाह्रो छैन तर पासपोर्टको छानबिन नटुंगिई फेरि गृह दिन सकिँदैन,’ प्रधानमन्त्री निकट स्रोतले लोकान्तरसँग भन्यो ।

गृहमा गएर पासपोर्ट छानबिनलाई फितलो बनाउने रविको भित्री योजनाको सूचना बालुवाटार पुगिसकेको छ । नागरिकताको विषयभन्दा पासपोर्टको विषय जटिल भएकाले त्यसलाई सामसुम पार्न उनले सरकारमा जाने र सत्ताको ‘दुरुपयोग’ गर्ने खतरा रहेको सुरक्षा स्रोतहरू बताउँछन् ।

वैकल्पिक राजनीति धमिल्याउने अर्को माछो !

रवि नेपाली राजनीतिको अपवाद बन्छन् र परम्परागत राजनीतिक दलले गरेका गल्ती दोहोर्‍याउँदैनन् भन्नेमा धेरैलाई सन्देह थियो । भयो पनि त्यस्तै । उनले सत्तारोहणको पहिलो महिनामै आफ्नो चरित्र उजागर गरेका छन् । परम्परागत दलभन्दा रवि फरक हुन्, उनले राजनीतिक चरित्र देखाउँछन् भनेर प्रतिरक्षा गर्नेहरू अहिले दुलो पस्नुपर्ने अवस्था आएको छ । 

चुनावको बेला रविको गुणगान गाउनेहरू अहिले गुमनाम भइसकेका छन्, उनको कदमको प्रतिरक्षा परको कुरा भयो, रविको अधैर्यतालाई बुझेका कतिपयले भने उनी ‘लङ रेशको घोडा’ होइनन् भनेर पहिल्यै विश्लेषण गरेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता मूलधारका राजनीतिक दलप्रतिको आक्रोशस्वरूप मंसिर ४ गतेको चुनावमा रवि लामिछानेले स्थापना गरेको दललाई भोट दिएका थिए । 

जनतासँग भावनात्मक कुरा गरेर पाएको भोटलाई उनीहरूले सत्ता बार्गेनिङको मोलमोलाई शुरू गरेका छन् । ‘विगतमा पनि वैकल्पिक राजनीति गर्छु भनेर आएका रवीन्द्र मिश्रहरूले वातावरण बिगारेका थिए, रवि वैकल्पिक राजनीतिको पानी धमिल्याउने माछो बने,’ विगतमा रवीन्द्रसँगै राजनीति गरेका एक नेताले भने । 
 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १०, २०७९

फ्रान्समा अहिले आम हडताल र हिंस्रक विरोध प्रदर्शनको माहौल छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको सरकारले कामदारहरू सेवानिवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्‍याउने विधेयक पारित गरेपछि त्यसको विरोधमा हिंस्रक प्र...

चैत १३, २०७९

इजरायलमा विगत तीन महिनादेखि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारविरुद्ध प्रदर्शन भइरहेका छन् ।  हिजो (२६ मार्च) नेतान्याहुले रक्षामन्त्री याओभ गालान्टलाई पदबाट बर्खास्त गरेपछि सर्वसाधारण थप आक्रोशित भएक...

चैत ७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि अबको कोर्स सरकार विस्तारमा नै केन्द्रित हुने भएको छ । दुई महिनामा दोस्रोपटक विश्वासको मत पाएपछि प्रचण्डले २/४ दिनभित्रै सरकार विस्तार हुने...

चैत ६, २०७९

अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ ।  तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...

चैत ७, २०७९

राष्ट्रपति निर्वाचनमा धोका पाएका नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपादेयता उपराष्ट्रपति निर्वाचनसम्म मात्र भनेर टिप्पणी गर्ने गरेका थिए । राष्ट्रपति आफ्नो ढोक्सामा पारेपछ...

चैत ५, २०७९

प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अर्को दल नेकपा एकीकृत समाजवादीले आफूलाई संसदको सत्तापक्षमा उभ्याएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरू ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x