स्पेनको एक उच्च अदालतले आलदाइदा शहरमा सर्वांग नांगो भएर हिँड्न पाऊँ भनी निवेदन दिएका एक व्यक्तिको पक्षमा फैसला गरेको छ ।
अदालतले फैसलापछि जारी गरेको बयानमा जिल्ला अदालतको फैसलालाई उल्ट्याइएको बतायो । जिल्ला अदालतले ती व्यक्तिलाई नग्न हिँडेबापत जरिवाना सजाय तोकेको थियो ।
तर नग्नताका विषयमा स्पेनी कानूनमा कानूनी शून्यताको अवस्था रहेको उच्च अदालतले स्वीकार गरेको छ ।
अलेहान्द्रो कोलोमार नामक २९ वर्षीय व्यक्तिले उच्च अदालतमा मुद्दा जितेका हुन् । उनी अदालत परिसरमा बूट मात्र लगाएर आएका थिए । अदालत भवनभित्र पस्नुअघि थप कपडा लगाउन उनलाई भनिएको थियो ।
पुर्पक्षमा उनले आफूमाथिको जरिवाना विचारधारात्मक स्वतन्त्रतामाथिको उल्लंघन भनी बहस गरेका थिए ।
आफू सन् २०२० देखि नै सार्वजनिक स्थानमा नांगै हिँड्ने गरेको उनले बताए । नांगै हिँड्दा आफूले अपमान भन्दा बढी समर्थन पाएको उनको भनाइ छ । तर एकपटक उनलाई कसैले चक्कु देखाएर धम्क्याएको उनले जानकारी दिए ।
स्पेनमा सन् १९८८ देखि सार्वजनिक स्थानमा नग्न भएर हिँड्न छुट दिइएको छ । अल्दाइदामा नग्नतामाथि प्रतिबन्ध लगाउने कुनै कानून नभएको उच्च अदालतले बताएको छ ।
Content Warning: Nudity
— DW News (@dwnews) February 4, 2023
This man in Spain has won the right to wear his birthday suit in public: pic.twitter.com/2tT2bY3bOz