
युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको जोडीको चलचित्र ‘ह्रस्वदीर्घ’को छायांकन सोमबारदेखि सुरु भएको छ ।
भारतको हैदराबादस्थित रामोजी स्टुडियोमा चलचित्रको छायाँकन भइरहेको छ ।
अभिनेत्री नीताले सुटिङको दोस्रो दिनका तीन तस्वीर फेसबुकमा शेयर गरेकी छिन्, जहाँ उनी चर्चित दक्षिण भारतीय अभिनेताहरूसँग देखिएकी छिन् । दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली लगायतले चलचित्रको सुटिङ ज्वाइन गरेका छन् ।
चन्द्र पन्तको निर्देशन रहने ‘ह्रस्वदीर्घ’को नेपाल र भारतका विभिन्न पर्यटकीय थलोमा छायांकन गरिंदैछ ।
चलचित्रको मुख्य भूमिकामा नेपालीसहित भारतीय कलाकारहरूको जम्बो टिमको अभिनय रहनेछ । नीता र हरिहर, सरोज खनाल, विपना थापा, गरिमा शर्मासहित भारतीय अभिनेता ब्रह्मानन्दम, अली, सुनिल बर्मा, प्रदीपराज रावत लगायतको चलचित्रमा अभिनय रहनेछ ।
भारतीय सिनेम्याटोग्राफर कवीरलालले चलचित्रलाई छायांकन गर्दैछन् ।