०८ असार २०८३, सोमबार

गायिका मिलन नेवारको  'आँखा झिमीझिमी'

गायिका मिलन नेवारको  'आँखा झिमीझिमी'

काठमाडौँ । गायक बिदन कालीकोटेको आँखा झिमीझिमी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका मिलन नेवार र गायक कालीकोटेको  स्वर रहेको गीतमा युवाहरुमाझ लोकप्रिय गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द संगीत रहेको छ ।

 जानेर वा नजानेर वैँशालु उमेरमा  प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । भिडियोमा कमल सिंह र बिना राउत गज्जबसँग खुलेका छन् ।

सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् । गायक कालिकोटेका यसअघि धरो धर्म, हाम्रो त घर हो कालीखोला, मेरी माया नेपालमा छिन्, तिम्ले जेसुकै भनेपनि , झरी जाने फूललाई, लगायतका गीतहरू चर्चित छन् । 

salt training

कमेन्ट गर्नुहोस्