
आईएमई पे र श्रीयोग कन्सल्टिङ प्रालिबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार आईएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।
श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रक्रिया सहज गराउने उद्देश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्ष कामदारहरूले आफ्नो सेवाबमोजिम भुक्तानी रोजगारदाताहरूबाट आईएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन् ।
यही फेब्रुअरी ८ देखि सञ्चालनमा रहने यो सम्झौतापश्चात् सेवाग्राहीलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकास हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन् ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।