३० असार २०८३, मंगलबार

झरना थापाले जनकपुरबाट सुरु गरिन् फिल्म ‘भगवत् गीता’को छायांकन

झरना थापाले जनकपुरबाट सुरु गरिन् फिल्म ‘भगवत् गीता’को छायांकन

चलचित्र ‘भगवत् गीता’को छायांकन सुरु गरिएको छ ।

शुक्रवार जनकपुरधामको राम मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो । 

झरना थापाको निर्देशन एवं सुनिल कुमार थापाको निर्माण रहने चलचित्रमा विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहनेछ ।

जनकपुरपछि चलचित्रको बाँकी छायांकन काठमाडौँ र मनाङमा गरिनेछ । जनकपुरमा लामो समय लगाएर क्लाइमेक्स र अन्य दृश्य खिचिने बताइएको छ ।

प्रेमकथामा आधारित रहने चलचित्रमा धिरज र सुहानाको जोडी बाँधिनेछ ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुन लागेको हो ।

संजय लामाले यो चलचित्रलाई खिच्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्