२२ असार २०८३, सोमबार

गायिका चौलागाइँको 'तिमीसँग' सार्वजनिक

गायिका चौलागाइँको 'तिमीसँग' सार्वजनिक

गायन रियालिटी शो  ‘नेपाल आइडल सिजन ३’ कि विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत  ‘तिमीसँग’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरिएको हो । गीतमा पेम्बा छिरिङ तामाङको संगीत, रिकेश गुरुङ किजको एरेन्ज तथा कोबिद बज्रको मिक्सिङ र मास्टरिङ छ ।

प्रशंसा रायमाझी निर्देशित भिडियोमा सज्जाको सोलो अभिनय छ । भिडियोमा घोङबाको छायांकन, सम्पादन र कलर, हिना थापा मगरको मेकअप, सुजनी डिजाइन (सुजनी ठकुरी) को ड्रेस छ । भिडियो गायिका सज्जाकै अफिसियल युट्युब च्यानल सज्जा चौलागाईंबाट सार्वजनिक गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्