२० असार २०८३, शनिबार

चिकित्सक संघले आज देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने

चिकित्सक संघले आज देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने

नेपाल चिकित्सक संघले आज आइतवार मुलुकभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्नेभएको छ । नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाको बिरोधमा संघले सो निर्णय गरेको जनाएको छ ।

संघको शनिवार काठमाडौंमा बसेको बैठकले आइतवार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ । 

नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भीभीआइपीको सुरक्षाको नाममा प्रहरीले सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु सामान्य घटना नभएकाले बिरोध गर्नुपरेको बताए । महासचिव रिजालले हजारौंको संख्यामा स्वास्थ्य सेवा लिन आएका बिरामीलाई समेत अस्पतालमा पुग्न नदिएर विशिष्ट व्यक्तिको सवारीको नाममा अलपत्र पार्ने, आकस्मिक सेवा लिन पाउने जनताको अधिकार कुण्ठित गर्ने, सेवा प्रवाहमा अवरोध गर्ने कामको बिरोध गर्नुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्