०२ साउन २०८३, शनिबार

'शिवम‍्सँग उपहार टन्न' योजनाको दोस्रो चरणको लक्की ड्र सम्पन्न

'शिवम‍्सँग उपहार टन्न' योजनाको दोस्रो चरणको लक्की ड्र सम्पन्न

नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा 'शिवम‍्सँग उपहार टन्न' उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरूको नाम लक्की ड्रमार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरेएको छ ।

यसअघि पुस २६ गते लक्की-ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरूको छनोट गरिसकेको थियो ।

हालसम्म लक्की–ड्रबाट उपभोक्तातर्फ ६० जना तथा बिक्रेता तर्फ ८० जना विजेता बनिसकेकाछन् भने सियोर सर्ट पुरस्कारमार्फत १ लाख ५० हजारभन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन् ।

शिवम् सिमेन्टले मंसिर १८ गते देखि यो उपहार योजना सार्वजनिक गरेको थियो।

जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरी २ सयदेखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा साढे २ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो।

सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो । यस योजनामा छोटो समयमै ग्राहकहरूको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।

आज सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कारबापत २ जोडीले बाग्मती–पोखरा क्षेत्रबाट विकास कोइराला र उपत्यका बाहिरबाट राम प्रवेश यादवले थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरिसकेका छन् भने, दोस्रो पुरस्कारअन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनक कुमार झासहित ४ जोडी विजेताले हेलिटुर पुरस्कारबापत जितेका छन् ।

तेस्रो पुरस्कारअन्तगर्गत फेवा कन्ष्ट्रक्शन, दीपेन्द्र कुमार झा, केशव कुमार, शर्मिला केसी, नीतु मानन्धर तथा थप एक जना सहित ६ जनाले आधा–आधा केजी चाँदी  उपहार प्राप्त गरेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्