
१९ हप्ताको लामो प्रतीक्षापछि, भारतमा सबैभन्दा दर्शकले हेर्ने रियालिटी शो बिग बोस १६ को विजेता घोषणा गरिएको छ।
‘बस्ती के हस्ती’ र्यापर एमसी स्टेनले बिग बोस १६ को उपाधि जितेका छन् ।
बिगबोसका होस्ट सलमान खानले एमसी स्टेनलाई विजेता बनेकोमा बधाई दिए।
बिग बोस १६ ट्रफीबाहेक, एमसी स्टेनले ३१ लाख रुपैयाँ भारू र एक कार पुरस्कार रूपमा प्राप्त गरेका छन्।
शोमा सधैं पछाडि रहने स्टेनले फाइनलमा शिव ठाकरेसँग सामना गरेका थिए। जसमा स्टेन विजयी भए। जहाँ शिव ठाकरे बिग बोस १६ मा फस्ट रनर अप भए।
बिग बोस १६ मा शालीन भानोट, अर्चना गौतम, एमसी स्टेन, शिव ठाकरे र प्रियंका चाहर चौधरी शीर्ष ५ मा परेका छन् ।
शालीन भनोट बिग बोसको शीर्ष पाँचबाट बाहिरिने पहिलो थिइन् ।
त्यसपछि अर्चना गौतमलाई निकालिएको थियो। उनीपछि प्रियंका चाहर चौधरीलाई बिग बोसले निकालेको थियो।