०९ साउन २०८३, शनिबार

दरबारमार्गको केडमा किनमेल गर्दा एनआईसीका ग्राहकलाई २० प्रतिशत छुट

दरबारमार्गको केडमा किनमेल गर्दा एनआईसीका ग्राहकलाई २० प्रतिशत छुट

एन आईसी एशिया बैंकका ग्राहकहरूले काठमाडौंको दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रालिमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनुहुने बारे समझदारी भएको छ ।

सोसम्बन्धी समझदारीपत्रमा यस बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्री श्याम प्रसाद लामिछानेर केड कम्पनी प्रालिका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरे।

उक्त समझदारी अनुसार यस बैंकमा खाता खोलेर मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले उक्त केड कम्पनीमा किनमेलगरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन्। बैंकका कर्मचारीहरूले भने २५ प्रतिशत छुटको फाइदा लिन सक्ने जनाइएको छ। 

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्