२० असार २०८३, शनिबार

प्रदेश १ मा फागुन ७ देखि चलचित्र महोत्सव हुँदै

प्रदेश १ मा फागुन ७ देखि चलचित्र महोत्सव हुँदै

प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव आयोजना हुने भएको छ । महोत्सव नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो । बुधवार इटहरीमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराउँदै सुनसरीको सदरमुकाम इनरुवामा फागुनको ७ गतेबाट महोत्सव शुरु हुनेछ । महोत्सव १२ गतेसम्म चल्ने आयोजकले बताएको छ । 

इनरुवा नगरपालिकाको संयोजन र प्रदेश सरकारको विशेष सहयोगमा आयोजना हुन लागेको महोत्सवलाई आयोजकले इनरुवा उत्सव तथा चलचित्र महोत्सवको रुपमा सञ्चालनमा ल्याउन लागेको बताएका छन् । चलचित्र महोत्सवमा दुई दर्जन बढी चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ । 

महोत्सवलाई आयोजकले प्रदेश १ का कलाकारहरुको भावना र सम्मानलाई आत्मसाथ गर्दै दर्शकमाझ नेपाली चलचित्रलाई माया गर्ने परिपाटीको विकास गर्नेमाध्यमका रुपमा अघि बढाउन लागेको जनाएको छ । 

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार महोत्सवमा स्थानीय कला प्रवर्धनसँगै विधागत प्रतिस्पर्धा र उत्कृष्ट व्यक्तित्व र कलाकारका रुपमा तारा सम्मानजस्ता कार्यक्रमको आयोजना गरिनेछ । महोत्सवमा बेहुली प्रतियोगिता, फेन्सी ड्रेस, नृत्य, निवन्ध, कुस्तीलगायतका प्रतियोगिताका साथै राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने आयोजकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्