×

NMB BANK
NIC ASIA

राष्ट्रपति निर्वाचनको सकस

ओली र प्रचण्डबीच ५४ दिनमा २६ भेट : बन्दैछ कि बिग्रिँदैछ कुरा ?

फागुन ४, २०७९

NTC
Premier Steels

पुरानो गठबन्धन भत्किएर १० पुसमा अकस्मात् नयाँ गठबन्धन बनेयता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दिनहुँ जसो भेटघाट भइरहेको छ ।

Muktinath Bank

१० पुसमा नयाँ गठबन्धन बनाएपछि ओलीको बालकोटस्थित निवासको बार्दलीबाट संयुक्त अभिवादन गरेका उनीहरू ५४ दिनमा २६ पटक भेटिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ गठबन्धन बनाउन सकेको खुसियालीमा ओली १३ पुसमा आफैं प्रचण्डको खुमलटारस्थित निवासको छतमा पुगेर सुन्तला खाँदै वार्ता गरेका थिए । 


Advertisment
Nabil box
Kumari

तर पुरानो गठबन्धन भत्काएको सफलताबाहेक अरू विषयमा यस्तै गरी खुसियाली मनाउने साइत जुरेको देखिँदैन । बरु शक्ति संघर्षमा आफूलाई कसरी माथि राख्ने भन्नेमा दुवैको ध्यान केन्द्रित भएको देखिन्छ ।

Vianet communication

आपसी अविश्वासका बीच पटक–पटक वार्ता र संवाद भएको देखिन्छ । १० पुसदेखिको त्यो क्रम ४ फागुनसम्म आइपुग्दा पनि उस्तै गरी चलेको छ । 

बिहीबार बालुवाटारमा २ नेताले मात्रै २ घण्टा वार्ता गरेको बताइएको छ । तर यो वार्ताबाट पनि न ओलीले माओवादीलाई मनाउन सकेका छन्, न प्रचण्डले ओलीलाई तिमीहरूले भनेको उम्मेदवारलाई भोट दिन सक्दैनौं भनेर खुलेर भन्न सकिरहेका छन् । बरु गठबन्धनको सहमति र बाध्यतालाई देखाएर उनीहरूले समय व्यतीत गर्दै आएका छन् । 

यसक्रममा बालुवाटार, बालकोट, खुमलटार र बानेश्वरमा भएका दुई दर्जन बढी भेटले पनि दुई नेतामा विश्वासको संकट कति गहिरो छ भन्ने देखाउँछ । 

सत्तारुढ दलको सहमतिअनुसार प्रधानमन्त्री, सभामुख, उपसभामुखसहितका पदमा गठबन्धनमा समस्या देखिएन । तर राष्ट्रपति चुनावलाई लिएर भने एमाले र माओवादीको शीर्षस्थ तहमा अनेक आशंका देखिएका छन् । ३२ सीटको माओवादीलाई प्रधानमन्त्री बनाएको बदलामा ७८ सीट जितेको एमालेले खास शक्ति आफैंसँग राख्न खोजेको देखिन्छ । अर्कातिर माओवादी भने ओलीको यस्तो लगामबाट कसरी फुत्किने भन्ने ध्याउन्नमा देखिन्छ । यो बीचका अनेक भेटघाटको शृंखला यस्तै दाउपेचपूर्ण राजनीतिको वरिपरि घुमेको दुवै पार्टीका नेताहरू स्वीकार्छन् ।  

प्रचण्ड र ओलीबीच  १० पुसदेखि ४ फागुन ५४ दिनमा मुख्य भेटघाट नै कम्तीमा २६ बढी देखिएका छन् । यी २६ भेटमा १८ पटक एक्लाएक्लै भेटेका उनीहरूले ८ भेट संयुक्त रूपमा गरेका छन् । यस्ता भेट प्रधानमन्त्री निवास बालुवाटारमा सबैभन्दा धेरै ११ पटक भएको छ । बालकोटमा ४ पटक, बानेश्वरस्थित संसद भवन, खुमलटारस्थित प्रचण्ड निवास र सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक–एकपटक भेटघाट भएका छन् । 

बालुवाटारभन्दा बालकोट वार्ता मुख्य र विभिन्न राजनीतिक अर्थ राख्ने हिसाबबाट भएको देखिन्छ । प्रधानमन्त्री हुनुअघि एकपटक र भएपछि तीनपटकसम्म बालकोट निवासका वार्ता केही न केही राजनीतिक सन्दर्भसँग जोडिएको घटनाक्रमले देखाएका छन् ।   

१० पुसमा बालकोटमै पुरानो गठबन्धन ढालेर प्रचण्डको नेतृत्वमा नयाँ गठबन्धन सरकार बन्यो । २७ पुसमा बालकोटमा वार्ता भएको अघिल्लो दिन मात्रै प्रचण्डले कांग्रेसको पनि विश्वासको मत पाएका थिए ।

मन्त्रिपरिषद् विस्तारको भागबन्डा प्रचण्डले बालुवाटारमा मिलाउन पाएनन् । ओलीले प्रचण्डलाई २ माघमा बालकोटमा बोलाएर गरेको लन्च वार्तामा मन्त्रालयको भागबन्डा मिलाइएको थियो । यो भेटको भोलिपल्ट ३ माघमा बालुवाटारमा सर्वदलीय बैठक राखेर प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनको विषयलाई आफूले प्राथमिकता दिएको बताएका थिए । 

यस्तै २५ माघमा बालकोटमा फेरि दुई नेताबीच वार्ता भयो । तर यो वार्ताले २७ माघमा सुदूरपश्चिम सरकार बचाउने गरी कुनै सहमति जुटाउन सकेन । 

यो वार्ता भएको दुई दिनपछि एमाले नेतृत्वको सुदूरपश्चिम सरकार विश्वासको मत पाउन नसकी एक महिनामै ढल्न पुगेको थियो । 

गठबन्धनसहितका अन्य विभिन्न ८ वटा बैठकमा पनि प्रचण्ड र ओलीबीच भेटवार्ता भएका छन् । यस्ता भेटवार्ता बालुवाटारमा बढी भएका छन् । 

भेटघाटको अनुपात हेर्दा एक दिन बिराएर गरेको जस्तो देखिन्छ । अत्यधिक भेटघाट भए पनि दुई नेताबीचमा आपसी विश्वास र सम्बन्ध भने खासै सुमधुर देखिन्न ।

सत्ता गठबन्धनको बाध्यता र राष्ट्रपति चुनावको सकसका बीचमात्रै भेटघाट भएको छ । नियमित भेटघाटले पनि सत्ता गठबन्धनको आपसी सहमतिलाई सौहार्द्ध बनाउन सकेको छैन । बरु सरकारमा सहभागी दलहरूबीच तिक्तता बढ्दै गरेको चर्चा छ ।

माओवादी नेता लीलामणि पोखरेल राष्ट्रपति चुनावलाई लिएर एमाले र कांग्रेसको पनि सहमति जुटाउने प्रयत्नमा आफ्नो दल लागेको बताउँछन् । 

‘प्रधानमन्त्री र अध्यक्ष तहमा थुप्रैपटक भेटघाट भएको छ । यी भेटघाट पनि एउटा समझदारी बनाएर जाऊँ भनेरै गरिएका हुन्,’ पोखरेल भन्छन्, ‘तर आजका दिनसम्म केही सहमति हुन सकेको छैन । राष्ट्रपतिको उम्मेदवारी मनोनयनसम्म पुग्दा यस्तो सहमतिको प्रयत्न गरिरहन्छौं ।’ 

आशंकालाई विश्वासमा बदल्न यस्ता भेटघाट आवश्यक हुने उनी बताउँछन् । 

सरकारलाई समर्थन गरेर पनि जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट छन् ।

सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद र मन्त्री पद खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको छ । 

यतिमात्रै होइन राष्ट्रपतिको विषयमा एमाले र माओवादी नजिक हुने कुनै बिन्दुमा पुगेका छैनन् । पूर्व सहमतिअनुसार राष्ट्रपतिमा आफूहरूले अघि सार्ने उम्मेदवारमा सहमति गरेर जानुपर्ने एमालेको मत छ ।

तर २६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि एक अर्काबीच झन् बढी आशंकाले डेरा जमाएको छ । त्यसैले पटक–पटक प्रचण्ड र ओलीबीच भेटघाट भए पनि यस्ता भेट परिणाममुखी भने भएको देखिएको छैन । 

अनि बिग्रिन थाल्यो कुरा

३२ सीट जितेको माओवादीका अध्यक्ष प्रचण्डलाई ७८ सीट जितेको एमालेले प्रधानमन्त्री बनाएदेखि नै सत्ताको सबै लगाम र कमान्ड ओलीसँगै रहेको छ । 

यही लगामले शुरूबाटै कसेका ओलीले प्रधानमन्त्रीबाहेक मुख्य मन्त्रालय माओवादीको हिस्सामा नपर्नेगरी भागबन्डा गर्न भूमिका खेले । त्यतिबेलै देखि प्रचण्ड झस्किएका हुन् ।

एकातिर प्रचण्ड ओलीसँग शुरूबाटै झस्किए । अर्कातिर केन्द्र र प्रदेशमा मुखैमा आएको सत्ता गुमाएको कांग्रेसले फेरि माओवादीलाई विश्वासमा लिन खोजेपछि ओली सशंकित बन्न पुगेका हुन् । सशंकित बने पनि ओलीले प्रचण्डलाई भेट्न भने छोडेका छैनन् । 

राष्ट्रपति एमालेलाई दिँदा आफू कमजोर र शक्तिविहीन हुने बुझाइमा पुगेरै प्रचण्डले कांग्रेससँग विश्वासको मत मागेका थिए । यो विश्वासको मतमा एमाले र माओवादीबीच अविश्वास पैदा गराउने लक्ष्य कांग्रेसको थियो । जुन लक्ष्यमा कांग्रेस सफल हुँदै आएको छ । तर एक दिन जस्तो बिराएर ओली र प्रचण्डबीच भेटघाट गाढा भए पनि सम्बन्ध टाढाटाढा हुँदै गएको घटनाक्रमले देखाएका छन् । 

२६ पुसमा कांग्रेसले दिएको विश्वासको मतपछि सत्ता साझेदार यी दुई दलबीच आपसी विवाद बढ्दै आएको देखिन्छ । ओलीको चाहनाविपरीत सभामुख निर्वाचनको दुई दिनअघि ३ माघमा प्रचण्डले सर्वदलीय बैठक गरेका थिए । बालुवाटारमा भएको त्यो बैठकमा ओलीले राष्ट्रपति कुनै हालतमा नछाड्ने भन्दै गठबन्धनको भावनाअनुसार अघि बढ्न प्रचण्डलाई आग्रह गरेका थिए । तर माओवादीको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिमा राष्ट्रपति चुन्ने विषयलाई प्राथमिकता दिने आशयको निर्णय गरिसकेको छ ।

यही बीचमा नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोषी हुँदा उनको सांसद र मन्त्री पद नै खारेज भयो । नागरिकता पुनः प्राप्त गरेपछि ओलीले रविलाई फेरि गृह मन्त्रालय दिलाउन सबै प्रयत्न गरे पनि सफल भएनन् । गृह नपाएकै झोंकमा रविले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएका छन् । यतिमात्रै होइन नागरिक उन्मुक्ति पार्टीको माग सम्बोधन हुन नसक्दा सुदूरपश्चिम सरकार बनेको १ महिनामा नै ढल्ने अवस्थामा पुगेको छ ।

राष्ट्रपति चुनावलाई प्रतिष्ठा बनाएका ओली अहिले खुलेर आलोचना गर्दा माहोल झन् बिग्रने भएकोले माओवादीप्रति आक्रामक देखिएका छैनन् । बरु आग्रही देखिएका छन् ।  

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य प्रचण्ड र ओलीबीच अविश्वास मात्र होइन यो गठबन्धन नै टुट्ने अवस्थासम्म पुग्ने बताउँछन् । 

‘एमाले अध्यक्ष केपी ओलीले सबै शक्ति आफूअनुकूल लिन खोज्दै गर्दा कांग्रेसको भूमिकाले पनि एमाले र माओवादीबीच अविश्वास पैदा गर्‍यो । कांग्रेसले विश्वासको मत दिएदेखि नै प्रचण्डप्रति ओलीले अविश्वास व्यक्त गर्न थाले,’ आचार्यले भने, ‘तर पनि विश्वासमा आएको संकटलाई समाप्त गर्न सकिन्छ कि भनेर प्रचण्ड र ओली दुई दर्जनजति भेटवार्तामा बसिसकेका छन् । तर यो अविश्वासको संकट हट्न सकेको जस्तो लाग्दैन । यसैले यो कोलिसन नै टुट्ने सम्भावना बढी देखिन्छ । राष्ट्रपति चुनावसँगै कांग्रेस, माओवादीको कोलिसन बन्ने सम्भावना बढी देखियो ।’ 

आचार्यले यस्तो दाबी गरे पनि कांग्रेस माओवादी तत्काल सहकार्य भइहाल्ने प्रस्ट संकेत पनि देखिएको छैन । तर, कांग्रेस वर्तमान गठबन्धन कसैगरी टुटेर सत्तामा पुग्ने आशमा छ ।

१० पुसयताका प्रचण्ड–ओली २६ भेट  

१० पुस: बालकोट (नयाँ गठबन्धन बनेको खुसियालीमा बार्दलीबाट अभिवादन 

१३ पुस : खुमलटार, नयाँ गठबन्धन बनेपछि हौसिँदै ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेर सुन्तला खाँदै वार्ता गरे । 

१५ पुस : बालुवाटारमा 

१९ पुस : बालुवाटार : प्रचण्ड अ‍ोली भेटवार्ता 

२७ पुस : बालकोटमा प्रचण्ड, अ‍ोलीसँग भेट 

२८ पुस : अ‍ोली प्रचण्डलाई भेट्न बालुवाटारमा 

३० पुस : बालुवाटारमा प्रचण्डलाई भेट्न ओली पुगे

२ माघ : अ‍ोलीलाई भेट्न प्रचण्ड बालकोटमा, मन्त्री टुंग्याउने छलफल

३ माघ : बालुवाटारमा सर्वदलीय बैठकमा प्रचण्ड अ‍ोली भेट

५ माघ : सभामुख चयनपछि संसद भवनमा प्रचण्ड अ‍ोलीबीच भेट 

१० माघ : बालुवाटारमा प्रचण्ड ओली भेट

१२ माघ : बालुवाटारमा प्रचण्ड ओली भेट

१८ माघ : बालुवाटार प्रचण्ड ओली भेट

२१ माघ : बालुवाटारमा प्रचण्ड अ‍ोली भेट

२४ माघ : बालुवाटारमा प्रचण्ड ओली भेट

२५ माघ : बालकोटमा ओली र प्रचण्डबीच भेट 

२६ माघ : सिंहदरबारमा प्रचण्ड ओलीबीच भेट

४ फागुन : बालुवाटारमा भेट

८ संयुक्त भेटका श्रृंखला

११ पुस : ओलीको अगुवाइमा बालकोटमा प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताको भेट

११ पुस : प्रचण्डको सपथ ग्रहणमा भेट, दुवैद्वारा संयुक्त अभिभादन गरेको फोटो सार्वजनिक 

१४ पुस : बालुवाटारमा प्रचण्ड, अ‍ोली, रवि, लिङ्देनसहित गठबन्धनका शीर्ष नेताको बैठक 

२० पुस : बालुवाटारमा प्रचण्ड ओलीसहित गठबन्धनका शीर्ष नेताको बैठक 

२३ पुस : सरकारको न्यूनतम् साझा कार्यक्रमका विषयमा बालुवाटारमा ओली, प्रचण्ड र सरकारका मन्त्रीबीच छलफल 

२४ पुस : प्रचण्ड ओलीसहितका गठबन्धनका शीर्ष नेताको बैठक 

२५ पुस : सरकारको साझा न्यूनतम् कार्यक्रममा सार्वजनिक गर्दा प्रचण्ड अ‍ोली भेट 

२ माघ : सत्ता साझेदारको बैठक बालुवाटार 

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x