
टीभीएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सको उत्पादन टीभीएस एनटर्क रेस एक्सपी २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ ।
१२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पिएस भन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकोमा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको हो ।
स्कुटर उद्योगमै पहिलो पटक भोइस असिस्ट फिचर ल्याएर टीभीएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको छ ।
भोइस असिस्ट फिचर अन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्ब जस्ता फिचरहरु उपलब्ध छन् ।
यो भोइस असिस्ट फिचरलाई टीभीएस स्मार्ट कनेक्ट ब्लुतुथ कनेक्टिभिटिले सपोर्ट गरेको छ ।
एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फुएल इन्जेक्सन (आरटी–एफआइ) इन्जिनले ५५०० आरपीएमका साथ १०.२ पीएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्दछ । ३ बल्व सीभीटीआई–रेभ इन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रति घण्टा रहेको कम्पनीको दाबी छ।
एनटर्क १२५ रेस एक्सपीमा दुई ओटा ड्राइभ मोड (स्ट्रिट मोड र रेस मोड) रहेको छ ।
ट्राइ टोन कलर थिम र रेस इन्स्पायर्ड बडी डिक्यालले पनि यस स्कुटरलाई स्पोर्टी लुक दिएको छ । त्यस्तै यसमा भएको टेलिस्कोपिक सस्पेन्सन र डबल स्टिच्ड हिस्टेरेसिस सिटले यस स्कुटरलाई आरामदायी त बनाएको छ नै साथै बजारमा उपलब्ध अन्य स्कुटर भन्दा एक कदमले अगाडि देखाएको छ ।
जगदम्बा मोटर्सका सीईओ श्री दीपक अग्रवालले भने, '२०२२ को बेस्ट फिचर लोडेड स्कुटरको अवार्डद्वारा सम्मनित हुन पाउँदा एकदमै गौरव महसुस भएको छ । यो टीभीएस् एनटर्क १२५ रेस एक्सपी यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो हो ।'