२५ जेठ २०८३, सोमबार
परिकार

चिज : सबैको प्रिय प्रोटिनको स्रोत

फागुन ६, २०७९
चिज : सबैको प्रिय प्रोटिनको स्रोत

चिज कसलाई मन नपर्ला ? चिज भन्ने बित्तिकै सबैको मुखबाट पानी आउँछ । पिज्जामा होस् या बर्गरमा होस्, स्यान्डविचमा होस् या पास्तामा नै किन नहोस्, चिज विना यी परिकारहरूको स्वाद अधुरो हुने गर्छ । चिज एउटा उत्तम प्रोटिनको स्रोत पनि हो । प्रोटिन मानिसको शरीरका लागि अतिआवश्यक पौष्टिक तत्व हो ।

प्रोटिन भएका खानेकुरा खाएपछि धेरै पानी खानुपर्ने हुन्छ । यद्यपि मानिसहरूले पानीको त्यति चाहना पनि गर्दैनन् र मिर्गौलालाई प्रोटिन पचाउन पनि गाह्रो पर्न जान्छ ।

शरीरले उत्कृष्ट तरिकाले काम गर्नका लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यकता पर्छ । शाकाहारीका लागि प्रोटिनको उत्तम विकल्प चिज पनि हो । संसारमा सयौ थरिका चिज उपलब्ध छन् । चिज दूधबाट बन्ने एक किसिमको ठोस परिकार हो ।

नेपालमा याक चिज र कन्चन चिज प्रसिद्ध छन् । विदेशीले याक चिज निकै चाख दिएर खान रुचाउँछन् । विदेशी चिजहरू मात्र भित्रिएको नेपाली बजारमा यी २ चिजहरूले निकै राम्रो व्यापार र लोकप्रियता कमाएका छन् ।

एउटा भनाइ छ, ‘चिज, वाइन र साथीहरू राम्रो हुन पुरानो हुनुपर्छ ।’ संसारभर विभिन्न प्रकारका चिज बनाइन्छ, त्यसैले यसका धेरै प्रकारहरू छन् । सबै प्रकारका चिजहरूमा स्वाद, रंग, सुगन्ध, बनावट, कोमलता, मोल्ड सामग्री र प्वालहरू जस्ता विविध विशेषताहरू छन् । यदि तपाईं चिज प्रेमी हुनुहुन्छ र नियमित खान रुचाउनुहुन्छ भने तपाईंलाई चिज सम्बन्धी ज्ञान हुन जरुरी हुन्छ ।

हरेक चिजको स्वाद र गन्ध फरक–फरक हुने हुँदा सबैको आ–आफ्नै प्रिय चिज हुन्छ । आफूलाई मन पर्ने चिज या त्यो चिज हालेर खाएको खानाको मजा नै भिन्न हुन्छ । वास्तवमा चिज विना एक व्यावसायिक किचन नै अधुरो रहन्छ । हुन त पश्चिमी देशहरूमा घरको फ्रिजमा पनि थरिथरिको चिज पाउन सकिन्छ, जुन दिनचर्यामा समावेश गरिएको हुन्छ ।

बच्चादेखि बुढापाका सबैलाई चिज प्रिय हुन्छ । कति देशहरू त चिजबाट नै प्रसिद्ध छन् । युरोपमा चिजको अत्यधिक प्रयोग र उत्पादन हुने गर्छ ।

चिजका किसिमहरू

संसारमा कैयौ थरिका चिज छन् । भारतमा अमुल चिज निकै प्रसिद्ध छ भने इटलीमा पार्मिजन । नेपालमा याक चिज लोकप्रिय छ भने बेलायतमा चेदार । क्यम्बर्ट चिज फ्रान्समा निकै लोकप्रिय छ । स्वीजरल्यान्डमा इमान्तल चिज उत्पादन गरेर विश्वभर पुर्‍याइन्छ । यी लगायत अन्य चिजहरू पनि आ–आफ्नो देशमा प्रसिद्ध छन् ।

चिज बनाउनका लागि ३ मुख्य तत्वहरू अनिवार्य हुन जरुरी छ । दूध, कोगुलेन्ट र ब्याक्टेरिया मिलाएपछि सामान्यतया चिज बन्छ ।

ब्लु चिज, ब्री चिज, मोजरेला चिज, गोउडा चिज, रोकफोर्ट, कोटी, फेता, मन्चेगो, मोन्टेरेज्याक, चेभ्रे (बाख्राको चिज), गोर्गोनजोला, मस्करपोन, प्रोभोलोन, एसियागो, फिलाडेल्फिया, कटेज चिज (पनिर), स्टिलटन, डेनिस ब्लु, ग्राना पाडानो, क्रीमा चिज, क्युसो ब्लन्को, एपेनजेलर लगायत कैयौ छन् ।

बाख्रा, भेडा, गाई, चौरी, भैसी, ऊँट लगायत जनावरको दूधबाट बन्ने सबै चिजहरूको आ–आफ्नो विशेषता रहेको हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्