
बलिउडका ‘शो म्यान’ तथा निर्माता राज कपूरको चेम्बुर बंगला बिक्री भएको छ ।
गोदरेज ग्रुपले यो प्रतिष्ठित बंगला १०० करोडमा किनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब यो बंगलाको ठाउँमा प्रिमियम आवासीय परियोजना बनाइनेछ। यो बंगला करिब १ एकडमा फैलिएको छ । २०१९ मा प्रसिद्ध आरके स्टुडियो पनि गोदरेज समूहले किनेको थियो।
गोदरेज प्रोपर्टीजका एमडी गौरव पाण्डेले कपूर परिवारलाई धन्यवाद दिएका छन् । राज कपुरको प्रतिष्ठित बंगला अब आफ्नो पोर्टफोलियोको एक हिस्सा भएको उनले बताएका छन्।
राज कपुरका छोरा रणधीर कपुरले भने, ‘यो बंगलासँग हाम्रा धेरै सम्झना छन् । यसले हाम्रो परिवारको लागि धेरै अर्थ राख्छ। हामी गोदरेज परिवारले यो समृद्ध विरासतलाई अगाडि बढाउने आशा गर्दछौं।'