×

NMB BANK
NIC ASIA

कस्तो छ प्रदर्शनरत फिल्म ‘फूलबारी’ ?

फागुन ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

छोराछोरी छन्, तर आफूहरूसँग छैनन् । कोही गाउँमा रहेका बुबा–आमाभन्दा टाढा सहरमा आफ्नै सपनाको खातिर दौडिएका छन् ।

Muktinath Bank

कोही सहरमा रहेका बुबा आमाभन्दा टाढा विदेशमा सपना सजाउँदैछन् । बुबा आमासँग संगै भएकाहरू पनि आफ्नै काममा व्यस्त छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेको व्यस्त समाजमा त्यस्ता थुप्रै बुवाआमा छन्, जो सन्तान भएर पनि एक्लो छन् । शुक्रवारबाट प्रदर्शनमा आएको ‘फूलबारी’ एउटा त्यस्तै सामाजिक पारिवारिक नेपाली फिल्म हो, जसले बुबाआमाले सन्तानबाट खोज्ने साथ र सन्तानको बुबाआमाप्रतिको जिम्मेवारीको कथा पेश गर्छ । 


Advertisment
Nabil box
Kumari

झण्डै ३ दशक शिक्षण पेशामा रहेर सेवानिवृत भएका जयनारायण शर्मा (विपिन कार्की) र उनकी श्रीमती लक्ष्मी शर्मा (अरुणा कार्की) दम्पतीको वरिपरी फिल्मले २ घण्टा १० मिनेट फन्को मार्छ । 

Vianet communication
Laxmi Bank

पहाडी जिल्लाको एउटा गाउँमा बस्ने उनीहरूका तीन छोराहरू छन्, तर साथमा कोही छैनन् । छोराहरू चाडपर्वमा मात्र घर आउँछन्, दुई–तीन दिन बस्छन् अनि फर्किन्छन् । जयनारायण र लक्ष्मी दम्पतीको जीवनमा त्यतिबेला उतारचढाव आउँछ, जब लक्ष्मी विरामी भएपछि डाक्टरले सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गर्न सुझाउँछन् । 

जयनारायण आफ्नो घर छिमेकीलाई जिम्मा लगाएर श्रीमतीको उपचारका लागि काठमाडौं लाग्छन् । काठमाडौंमा उनको जेठो छोराको घर छ । उनी एक फ्याक्ट्रीको व्यवस्थापक छन् । बुहारीको पनि राम्रै काम छ ।

माइलो छोरा पनि काठमाडौंमै डेरा जमाएर बसेका छन् । उनी संगीतमा करिअर बनाउने सपना बोकेर हिँडेका छन् । कान्छो छोरो अष्ट्रेलियाउडने तरखरमा छ । 

उपचारका लागि भनेर काठमाडौं पुगेका जयनारायण र लक्ष्मीलाई छोराहरूले कत्तिको समय दिन्छन् । बुहारीले कस्तो व्यवहार गर्छिन् ? त्यसपछि आउने उतारचढाव नै फिल्मको कथा हो ।

फिल्ममा छोराहरूको भूमिकामा सोमनाथ खनाल, अनुपम शर्मा र मनिष ढकालको अभिनय छ । प्रियंका कार्की बुहारीको भूमिकामा छिन् । दयाहाङ राई गाउँले छिमेकीको भूमिकामा प्रस्तुत छन् । शिल्पा मास्के विशेष भूमिकामा छिन् । 

विपिन कार्कीको अभिनय यसमा उम्दा लाग्छ । उनले आफ्नो वास्तविक उमेरभन्दा झण्डै दोब्बर उमेरको भूमिका यसमा निर्वाह गरेका छन् ।

अरुणा कार्की, अनुपम शर्मा, दयाहाङ राई, प्रियंका कार्की लगायत सबैको अभिनय स्वभाविक लाग्छ । छोराको भूमिकामा देखिएकामध्ये अनुपमको अभिनय छोटो तर निकै प्रशंसायोग्य छ । 

फिल्मको बलियो पक्ष संवाद, छायाँकन र ब्याकग्राउण्ड स्कोर हो । त्यस्तै यसको राम्रो पक्ष गीतसंगीत पनि हो । ‘माया रैछ र भर रैछ नी’ लगायतका गीतलाई कथावाचनको रुपमा प्रयोग गरिएको छ ।

यसको कथा र कथावाचन शैली भने पुरानै छ ।

मध्यान्तरअघि फिल्मको गति पनि सुस्त छ । परम्परागत कथ्यशैलीलाई भत्काउँदै ‘कबड्डी’ जस्तो सशक्त फिल्म दिएका निर्देशक रामबाबु गुरुङ फेरी पुरानै शैलीमा फर्किएको भाव फिल्मले दिन्छ ।

उनीजस्तो निर्देशकबाट यो भन्दा माथिल्लो स्तरको फिल्मको अपेक्षा हुन सक्छ । 

नयाँपन खोज्ने दर्शकका लागि यो मल्टिस्टारर ‘फूलबारी’ रुचीकर नहुन पनि सक्छ, तर पारिवारिक फिल्म रुचाउने दर्शकले भने पक्कै रुचाउनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x