१७ असार २०८३, बुधबार

नबिल बैंक र महिला उद्यमी महासंघबीच वित्तीय पहुँच विस्तारका लागि साझेदारी

नबिल बैंक र महिला उद्यमी महासंघबीच वित्तीय पहुँच विस्तारका लागि साझेदारी

महिला उद्यमीलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बीच साझेदारी गरिएको छ ।

साझेदारी  पत्रमा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका थिए ।

समझदारी अन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ । एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ ।

समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रीय कार्यालयमा स्टलहरू लगाउने छ । यो स्टलहरूमा नेपाली उद्यमीद्वारा उत्पादित  उत्पादनहरू रहनेछन् ।

नेपाली उत्पादनले नबिलका कर्मचारी र यसका ग्राहकहरूको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने विश्वास राखिएको छ । 

साझेदारी अन्तर्गत दीगो विकासका १, ५, ८ र १७ नम्बरका लक्ष्यहरू समेटिने छन् ।

नेपाल सरकारले अवलम्बन गरेको दीगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दीगो बैंकिङको शुरूआत गरेको हो । शुरूमा १७ वटा शाखाबाट शुरू गरेको दीगो बैंकिङ सेवा बैंकले हाल १०० शाखामा विस्तार गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्