२० असार २०८३, शनिबार

‘बिहे पास’को टिजर : मध्यमवर्गीय पुरुषको भूमिकामा दयाहाङले देखेका दुई सपनाको कथा

फागुन १०, २०७९
‘बिहे पास’को टिजर : मध्यमवर्गीय पुरुषको भूमिकामा दयाहाङले देखेका दुई सपनाको कथा

अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’को टिजर सार्वजनिक गरिएको छ ।

बुधवार सार्वजनिक १ मिनेट ३७ सेकेन्ड अवधिको टिजर दयाहाङ र प्रकृतिकै वरिपरि घुमेको छ । 

प्रवेश पौडेलको निर्देशनमा बनेको यो फिल्म नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । 

बिहे गर्नका लागि सरकारी जागिर गर्नुपर्छ भन्ने ग्रामीण नेपाली समाजको मान्यताको कथावस्तु फिल्मले पेस गर्छ । 

सार्वजनिक टिजरमा एउटा मध्यमवर्गीय नेपाली पुरुषको भूमिकामा देखिएका दयाहाङले दुई सपना देखेका छन् ।

पहिलो– सरकारी अड्डाको महिनावारी तलब ।

र, दोस्रो – जीवनभर असल नारीको साथ । 

अभिनेत्री प्रकृतिसँग दयाहाङको भेट भएपछि आउने उतारचढावको कथामा फिल्म अगाडि बढ्ने टिजरबाट अनुमान लगाउन सकिन्छ । 

कमेडी र सोसल ड्रामा जनराको फिल्ममा शिशिर वाङदेल, बुद्धि तामाङ, रविन्द्र झा, श्याम राई, विशाल पहारी लगायतको पनि अभिनय छ ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता रोजन श्रेष्ठ हुन् । प्रकृति केही वर्षको अन्तरालपछि ‘बिहे पास’मार्फत फिल्मको पर्दामा देखिन लागेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्